0
Shares
काठमाडौं ।
अभिनेता बिजय बराल घाइते भएका छन् । सुटिङको क्रममा लडेर दाहिने दाहिने हातको नाडीको जोर्नीमा चोट लागेपछि सुटिङ समेत रोकिएको छ ।
बिजय गत बिहीबार ‘सिन्दुरे जात्रा’ फिल्मको सुटिङमा घोडा चढ्ने दृश्य खिच्दै गर्दा लडेका थिए । हातमा चोट लागेकाले उनलाई उपचारका लागि स्थानीय अस्पताल लगीएको थियो । दाहिने हातको हड्डी भाँचिएकाले प्लाष्टर गरिएको छ ।

निर्देशक सरोज पौडेलका अनुसार बिजयले अब करिब डेड महिना आराम गर्नुपर्ने छ । जसकारण फिल्मको सुटिङ रोक्नु परेको छ । बिजयको स्वास्थ्यस्थिति हेरेर असार १५ पछि मात्रै सुटिङ पुन सुरु गर्ने योजना स्वरुप ‘सिन्दुरे जात्रा’ युनीट काठमाडौं फर्किएको छ । फिल्ममा बिजयको साथमा अञ्जना बराइली मुख्य भूमिकामा छिन् ।
‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोजको यो फिल्म तिहारमा दर्शकमाझ ल्याउने बताइएको छ ।