असार ५ गते रिलिज हुने ‘आइ एम जीत बहादुर’ को ट्रेलरमा हाँस्य कलाकार जीतु नेपालको जीवनसंघर्ष झल्किएको छ ।
काठमाडौं ।
असार ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आइ एम जीत बहादुर’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। हाँस्य अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्मको ट्रेलरमा गाउँबाट शहर पसेको जीतबहादुरले कलाकार बन्न गरेको संघर्षको अन्त्र्य प्रस्तुत गरेको देखिन्छ ।

बंगाली निर्देशक सुभेन्दु घोषको कथा र निर्देशनमा बनेको फिल्ममा जीतुका साथमा वर्षा राउत,प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल,निरज नेपाल,अंशु महर्जन लगायतका कलाकारले अभिनय गरेका छन। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल छन् । राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेको फिल्म भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेका हुन् ।

‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। आफ्नो तीन दशकभन्दा लामो कलाकारिता यात्रामा ‘आइ एम जित बहादुर’ बिशेष रहेको जीतले बताएका छन् ।
हेर्नुस् ट्रेलर–