0
Shares
काठमाडौं ।
बिजय बराल वडा अध्यक्षको भूमिकामा अभिनीत ‘जिरो डिग्री’ तिहारमा प्रदर्शन हुनेछ ।
तिहारमा प्रदर्शन गरिने फिल्म ‘जिरो डिग्री’को बिहीबार फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ । बिजय बराल मुख्य भूमिकामा अभिनीत फिल्ममा उनी पुन्य चौलागाइँं नामक वडा अध्यक्षको चरित्रमा प्रस्तुत भएका छन् ।
डार्क कमेडी जनराको फिल्म निर्देशक द्वय आकाश बराल र सजन काफ्लेले निर्देशन गरेका हुन् ।

स्क्रिप्ट राइटरको रुपमा करिअर सुरु गरेका उनीहरुले यसअघि संयुक्त रुपमा ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेका थिए । ‘जिरो डिग्री’ मा बिजयको साथमा बसुन्धरा भुसाल,प्रकाश घिमीरे,रमेश बुढाथोकी,सुभाष गजुरेल,सनिशा भट्टराई,लोकेन्द्र लेखकलगायतले अभिनय गरेका छन् । डिसिएन र कुवेर सिने डिस्ट्रिब्युसनले बितरण गर्ने फिल्मको कार्यकारी निर्माता मोति कार्की छन् ।