काठमाडौं ।
‘ल्याङ ल्याङ’ नामको फिल्म बन्ने भएको छ । ‘ब्ल्यु लाइट’ फिल्मका निर्देशक बलिराम चौहानले नयाँ प्रोजेक्ट स्वरुप ‘ल्याङ ल्याङ’ निर्माण घोषणा गरेका छन् । हुन त यो नाममा सन् २०१८ मै अहिलेका चर्चित बितरक करण श्रेष्ठ ‘क्रेजी’ ले फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । करणले निर्देशनमा डेब्यु गर्ने निर्णय गरेको त्यो फिल्म बनेन् । करण फिल्म बितरणमा जमे ।
बलिरामले थीम पोस्टरसहित घोषणा गरेको ‘ल्याङ ल्याङ’ का कलाकार,प्राबिधिक,सुटिङ–रिलिज डेट केही तय गरिएको छैन । स्काइ फल पिक्चर्सको प्रस्तुति भनिएको फिल्मको लेखकमा निर्देशक बलिराम र उपाश्री खतिवडा छन् ।
करणको ‘ल्याङ ल्याङ’ मा काठमाडौंका ट्याक्सी ड्राइभरको कथाबस्तु प्रस्तुत गरिने बताइएको थियो भने बलिरामको ‘ल्याङ ल्याङ’ के बिषयमा ल्याङल्याङ गर्ला,त्यो भने खुलेको छैन ।
करण क्रेजीले घोषणा गरेको ‘ल्याङल्याङ’ को समाचार-