काठमाडौं ।
चलचित्र निर्देशक समाजको नयाँ अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । समाजको मंगलबार राजधानीमा सम्पन्न १८ औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्ष अरुणकुमार प्रधान
अध्यक्ष पदका लागि जनकदीप पराजुली र अरुणकुमार प्रधान प्रतिस्पर्धामा थिए । कुल खसेको मत १५९ मध्ये १०९ मत प्राप्त गरि प्रधान बिजयी भएका हुन् । पराजुलीले भने ४६ मत प्राप्त गरे । निर्वतमान कार्यसमितिमा पराजुली अध्यक्ष र प्रधान महासचिव थिए ।
समाजको आबश्यक दुई उपाध्यक्षको पदका लागि ५ निर्देशकको उम्मेदवारी परेको थियो । सुभाषप्रसाद गजुरेल ९५ र दीपक वलीले ७१ मत प्राप्त गरि बिजयी भए । प्रतिपस्पर्धी देवेन्द्र पाण्डेले ५७, ऋषिराज आचार्यले ३२ र राज बस्न्यातले २२ मत प्राप्त गरेका थिए ।

सपथ ग्रहण गर्दै कार्यसमिति
महासचिव पदका लागि २ जना निर्देशक–कमल एक्चै मगर र समुन्द्र भट्टको उम्मेदवारी परेको थियो । भट्ट १०६ मतका साथ बिजयी भइन् भने मगरले ४७ मत प्राप्त गरेका थिए । निर्वतमान कार्यसमितिमा उनीहरु क्रमशः कोषाध्यक्ष र कार्यसमिति सदस्य थिए ।
सचिवका लागि भने ३ जना निर्देशकको उम्मेदवारी पर्यो–राजबहादुर साने,अमरबहादुर ओली र दिनेश लिङ्देन । साने ८० मत प्राप्त गरि बिजयी भए । ओलीले ४६ र लिङ्देनले २८ मत प्राप्त गरे । कार्यसमितिमा साने पहिलोपटक प्रबेश गरेका हुन् ।
कोषाध्यक्ष पदमा भने जनक खड्का निर्विरोध चयन भए । सहकोषाध्यक्ष पदका लागि भीषण राई, उत्सव केसी र अमृतमान महर्जन मैदानम उत्रिए । केसी ६६ मतका साथ बिजयी भए । महर्जनले ४४ र राईले ४२ मत प्राप्त गरे ।
कार्यसमिति सदस्य पनि निर्विरोध बिजयी भए । सदस्यमा लक्ष्मण सुवेदी,अमरदीप सापकोटा,लक्ष्मण सुनार,साकार पन्त,शिब शर्मा कँडेल,हस्तबहादुर लिम्बु लिवाङ,रामकुमार श्रेष्ठ र दीप्तप्रकाश अधिकारी चयन भए ।

नवनिर्वाचित कार्यसमिति
चुनाव नजिकिदै जादा अध्यक्ष पदमा निर्देशक सुचित्रा श्रेष्ठ,जनकराज खकुरेल र राजु गिरीले पनि उम्मेदवारी दिने घोषणा गरेको भए तापनि उनीहरुले प्रतिस्पर्धामा भाग लिएनन् । सुचित्राले पारिवारिक कारण देखाएर उम्मेदवारी नदिएको बताइन् भने राजु कार्य ब्यस्तता देखाउदै पन्छिए ।
मेरुदण्डको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका जनकराजले पनि उम्मेदवारी दिएनन् । नयाँ जोश,जाँगर,बिचार र कार्ययोजनाका साथ निर्वाचीत भएको टिमले चलचित्र निर्देशकको हकहीत,अधिकार,पेशागत सुरक्षा र बौद्धिकतायुक्त सिनेमा निर्माणमा जोड दिने बिश्वास गरिएको छ ।