काठमाडौं,०४ जेठ ।
नेपाल चलचित्र कलाकार संघको नयाँ अध्यक्षमा हाँस्य अभिनेता उत्तम केसी (चुईचुईं पारेर) बिजयी भएका छन् । राजधानीमा आइतबार सम्पन्न संघको २१ औं साधारण सभाले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जम्म ३५६ मत खसेकोमा केसीले २१६,उनका निकटतम प्रतिद्वन्द्वी सविन श्रेष्ठले १३२ मत प्राप्त गरेका थिए ।

दुई उपाध्यक्ष पदका लागि ६ जना प्रतिस्पर्धामा उत्रिएका थिए । जसमध्ये शिबहरि बैरागीले १४६ र पूजना प्रधानले १४४ मत प्राप्त गरि बिजयी भए । यो पदमा प्रतिस्पर्धा गरेकी पनाह अधिकारीले १३५,उद्धवप्रसाद भट्टराईले १०७, डिबि तामाङले २७ र राजेन्द्र बस्नेतले १८ मत प्राप्त गरेका थिए ।

महासचिव पदमा सुनील कटवाल र रामेश्वर बुर्लाकोटीले प्रतिस्पर्धा गरेका थिए । कटवाल १९५ मतका साथ बिजयी भए भने बुर्लाकोटीले १२५ मत प्राप्त गरे । सचिव पदका लागि गोपाल ढकाल ‘छन्दे’ र पल्पसा डंगोल ‘चम्सुरी’ प्रतिस्पर्धामा थिए । गोपाल २१४ मतका साथ बिजयी भए । पल्पसाले ११० मत प्राप्त गरिन् । कोषाध्यक्ष पदमा तेजुला खतिवडा बिजयी भइन् । उनले १४९ मत प्राप्त गरिन् भने उनकी निकटम प्रतिद्वन्द्वी पवित्रा आचार्यले १०६ र अर्की प्रतिस्पर्धी रञ्जना खड्का (खुश्वु) ले ५८ मत प्राप्त गरिन् ।

सहकोषाध्यक्षका लागि पवन केसी र गीता नेपालबीच प्रतिस्पर्धा भएकोमा १६१ मतका साथ पवन बिजयी भए । गीताले १५३ मत हासिल गरिन् ।

१० केन्द्रिय सदस्यका लागि २८ जना प्रतिस्पर्धामा उत्रिएका थिए । जसमध्ये दमन रुपाखेती (१६७ मत), इन्द्रबहादुर लामा (खम्बे) (१४५), चन्द्रकला राई (लब्ली संगम) १४४ मत,छुुल्ठिम डोल्मा गुरुङ (१३२),नवीनकुमार श्रेष्ठ (१२२),जीवन थापा (१२१),सुलेमान शंकर इकु (११८),चन्द्रकला दाहाल (मोनीका), श्रीदेव भट्टराई र रश्मी भट्टले बराबर–११३ मत ल्याएर बिजयी भए ।
पराजीत हुने सदस्यमा अनुमति नेपाली (८९),अशोक धिताल (७४),कोशिस क्षेत्री पराजुली (८१),गोकुल सुवेदी (७१),दावा फिन्जो तामाङ (६६),धनबहादुर तामाङ (६६),नम्रता खरेल (१०६),नम्रता योगी (१००),प्रेम पाण्डे पुन्यप्रसाद (१११),मञ्जुदेवी तुलाधर (७१),राजेश गोसाइ (३६),लक्ष्मण चौलागाईं (८८),बिनोदकुमार भट्टराई (७६),सरिता राजोपाध्याय (१०१),सामना सिटौला (९६),सुपा खनाल (१०१),सुमन सागरजंग केसी (५८) र हरिचन्द्र फुयाँल (४४) छन् ।

बिजयी पदाधिकारीको सपथ ग्रहण कार्यक्रम केही दिनमै आयोजना गरिने बताइएको छ । निर्वाचन प्रक्रिया अबेर रातीसम्म चलेको थियो । नवनिर्वाचित अध्यक्ष केसीले आफू सधै कलाकारको हकहित, पेशागत सुरक्षा र अधिकारको लागि लागिपर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।