काठमाडौं,१६ मंसिर ।
चर्चित हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) शीर्ष भूमिकामा अभिनीत फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को फस्र्टलुक पोस्टर सोमबार सार्वजनीक गरिएको छ । नयाँ बर्ष ०८३ को अवसरमा चैत्र २७ गते प्रदर्शन गर्न लागीएको फिल्मको फस्र्टलुकमा सागर सिंगल छन् । चुरोट तानीरहेका उनी मदहोस देखिन्छन् । फस्र्टलुकसँगै ‘डल्लेले इन्ट्री मार्यो’ को चर्चा चुलिएको छ ।

राजु गिरीको निर्देशनमा बनेको फिल्मको पटकथा र सम्वाद लक्ष्मण सुवेदीले लेखेका हुन् । फिल्ममा सागरसँगै नवनायिका रोशनी खड्का,रमेश बुढाथोकी,रबिन्द्र झा,बिशाल पहाडी,हेमन्त बुढाथोकी,ध्रुव कोइराला,ओसिन भट्टराई,लक्ष्मीनाथ तिमिल्सिना,साबित्रा चिलुवाल,कैलाश रावल,माधवा खनाल,आशा पौडेल,रामहरि खड्का,सुष्मा केसी,राजु गिरीलगायतका कलाकारले अभिनय गरेका छन् ।
उषा फिल्मस्को ब्यानरमा निर्मित फिल्मको निर्मातामा सावित्रा चिलुवाल,आशिका बस्नेत,आर्दश बस्नेत,निर्मला बस्नेत र सरिता पुरी गिरी छन् । उमेशकुमार बस्नेतको कथा रहेको फिल्म श्याम तामाङले खिचेका हुन् । फिल्ममा अर्जुन पोखरेल,बाबुल गिरी र रिमेशकुमारको संगीत छ । नेशनल सिने ग्रुप नेपालले ‘डल्लेले इन्ट्री मार्यो’ बितरण गर्ने छ ।