काठमाडौं ।
पछिल्लो समय अभिनेता आर्यन सिग्देल निकै ब्यस्त छन् । एकताका उनी सिंगल हिरो भएका फिल्म आउथे । केहीले निर्मातालाई नाफा पनि दिएका थिए । रोमान्टिक हिरोको छवि बनाएका आर्यन अभिनीत ‘आवेग’,‘नायिके’,‘माला’,‘रुद्रप्रिया’,‘हजार जुनीसम्म’,‘चचहुइ’ लगायतका फिल्म लगालग फ्लप भएपछि भने उनको हातमा केही समय फिल्म नै परेनन् । रिजाल ब्रदर्सले ‘कायरा’ पछि आर्यनको कमब्याक गराउने उद्धेश्यले ‘डिसेम्बर फल्स’ निर्माण गर्यो । तर यो फिल्मले पनि आर्यनलाई राहत दिएन ।
‘डिसेम्बर फल्स’ ले ब्यबसायिक सफलता हासिल नगरे तापनि रिजाल ब्रदर्सले ‘डिसेम्बर फल्स २’ घोषणा गरेको थियो । सो फिल्म बनेन । त्यसपछि बिपीन कार्कीलाई अनुबन्धित गरिएको ‘काजी’ को सुटिङ सुरु भएको छैन ।

केही समयको बिश्राम फिल्म अभिनयमा बिश्राम गर्नु परे पनि म्युजीक भिडियोतिर भने आर्यन देखिनै रहेका थिए । तर,गत बर्ष ‘पुजार सार्की’ बाट भने ठूलो पर्दामा उनको राम्रै उपस्थिति देखियो । सो फिल्मको शीर्ष भूमिकामा आर्यन थिए । तर, प्रदिप खड्काले चर्चा पाए । त्यसपछि भने आर्यन सिंगल होइन, मल्टिस्टारर फिल्ममा भने अभिनय गरिरहेका छन् । चैत्र मध्येमा प्रदर्शीत ‘डोरी’ फिल्ममा उनी एउटा गीतमा मात्रै थिए भने पछिल्ला केही फिल्ममा पनि उनी केमीयो भूमिकामा देखिएका छन् । ‘पिताम्बर’ मा छोटो भूमिकामा देखिए भने अब उनी २ जेठबाट रिलिज हुने ‘के घर के डेरा घर नं २’ मा भने लामै भूमिकामा रहेको छ ।
१५ जेठमा रिलिज हुने ‘महाभोज’ मा पनि आर्यनको भूमिका राम्रै रहेको टिजरले देखाएको छ । पहिला सहायक भूमिकामा अभिनय नमान्ने आर्यन अचेल भने तयार भइहाल्छन् । उनी पल शाह शीर्ष भूमिकामा रहने ‘महाराजधिराज’ मा देखिदैछन् । यी बाहेक अन्य केही फिल्ममा उनलाई बिशेष भूमिकामा देख्न पाइनेछ । कलाकार भएपछि छोटो रोल भनेर ‘इग्नोर’ गर्न नहुने बुझाइमा आर्यन पुगीसकेको उनका निकटतमहरु बताउँछन् । यसलाई समयको खेल नै मान्नुपर्छ,हैन र ! कि के हो ?