‘जनै हराएको बाहुन’ को नाम परिवर्तन होला त ?

0 Shares

काठमाडौं ।
‘जनै हराएको बाहुन’ फिल्मको सुटिङ ३५ दिनमा सकिएको छ । नामको बिषयलाई लिएर निर्माण घोषणादेखि नै बिरोधका आवाज उठिरहेको फिल्मको सोमबार ललीतपुर,च्यासलस्थित एक पाटी प्यालेसमा इन्ड–क्ल्याप गरिएको हो ।
‘पूर्णबहादुरको सारङ्गी’ को सफलतापछि बिजय बराललाई प्रमुख भूमिकामा अभिनय गराइएको यो फिल्मको नाम परिवर्तन हुन सक्ने सम्भावना रहेको छ ।

‘जनै हराएको बाहुन’ नामले ब्राम्हण तथा क्षेत्री समुदायका पुरुषले धारण गर्ने पवित्र जनैको अपमान भएको भन्दै बिरोध हुदै आएको छ । त्यसकारण नाम परिवर्तन गर्ने बारेमा निर्माण पक्षले बिचार गर्दै गरेको बुझीएको छ । हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्ममा बिजयका साथमा केकी अधिकारी,मिरुना मगर,मनिष राउत,गौरव पहाडीलगायतले अभिनय गरेका छन् । कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेको फिल्म तीजको अवसर पारेर दर्शकमाझ ल्याउने चाहना निर्माण पक्षको छ ।

सम्बन्धित समाचारसबै