परेवा उडाएर ‘बिगुल’ को शुभ मुहूर्त

0 Shares

समसामयिक समाजीक बिषयमा निर्माण हुने ‘बिगुल’ फिल्मको अक्षष् तृतियाको अवसरमा बुधबार काठमाडौं,कोटेश्वरस्थित महादेव मन्दिरमा शुभ मुहुर्त पूजा गरिएको छ । रमेश कोइरालाको निर्देशनमा निर्माण हुने फिल्मको मुहूर्त सटमा अभिनेता नरेन खड्का र अभिनेत्री बेनिशा हमालले अभिनय गरेका थिए ।

चलचित्र बिकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसीले क्यामेरा स्वीच अन गरेको मुहुर्त सटको निर्देशन चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले गरेका थिए भने अर्का निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हानेका थिए । निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेको मुहुर्त सटमा अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरुपको संवाद बोलेका थिए । संवादसँगै अभिनेत्री बेनीशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरुप एक जोडी परेवा उडाइएकी थिइन ।

दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा,सम्वाद रहेको फिल्म शिब ढकालले खिच्ने छन् । कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन् । म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको फिल्ममा नरेन र बेनीशाका साथमा नीर शाह,रमेश बुढाथोकी,गीता अधिकारी,हेमन्त बुढाथोकी,जेएन घिमीरे,सुमोद भारद्वाज,बिनयराज पौडेल,सुपा खनाल,बबि भारती,तुलसी लम्साल,जयन्त रेग्मी,बिकास अधिकारीका साथमा बालकलाकार श्रेयान्सी थपलीयाले अभिनय गर्दैछन् ।
नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत रहेको फिल्मका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् । फिल्मको मुख्य सहायक निर्देशक बिनयराज पौडेल छन् भने निर्माण ब्यबस्थापन श्याम थापाले सम्हालेका छन् ।

मुहूर्त समारोहमा नेपाल जेसिसका पूर्व अध्यक्ष फूलकुमार लालवानी,त्रिभुवन बिश्वबिद्यालयका पूर्व सहायक डिन बिष्णुहरि कोइराला,नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मी बिलास कोइराला,चितवन काठमाडौं सम्पर्क समाजका अध्यक्ष ऋषिश्वर थपलिया, लेखक,निर्देशक लक्ष्मण सुवेदी,ऋषि लामीछानेलगायतका ब्यक्तित्वहरुको उपस्थिति थियो ।

 

सम्बन्धित समाचारसबै