0
Shares
काठमाडौं,०१ बैशाख ।
नयाँ फिल्म ‘जदौ’ निर्माण हुने भएको छ । त्रिकन्याका साथमा स्क्रिप्ट राइटर काजी लिम्बूले सोमबार भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्म घोषणा गरेका हुन् ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिको संयुक्त निर्माण रहेको फिल्मको निर्देशन कसले गर्दैछन्,कलाकार,प्राबिधिक कोको छन् भन्ने कुरा हाललाई गोप्य राखिएको छ । टाइटल डिजाइन सार्वजनीक बाहेक अन्य कुरा नखुलाइएको फिल्मको बारेमा बिस्तृतमा केही समयपछि जानकारी दिइने समिश्रण मुभीजका अध्यक्ष अन्जन शर्माले बताएका छन् ।
अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्मका दृश्य गाउँ र काठमाडौंमा खिचिने जानकारी स्क्रिप्ट राइटर तथा सिल्भर स्क्रिन इन्टरटेन्मेन्टका प्रमुख काजी लिम्बूले दिएका छन् । ‘जदौ’ ०८२ सालभित्रै रिलिज गरिने बताइएको छ ।