‘डल्लेले इन्ट्री मार्याे’ मा सागरपछि प्रकाश घिमीरेको इन्ट्री

0 Shares

काठमाडौं,२४ फागुन ।  
सोसियल कमेडी फिल्म ‘डल्लेले इन्ट्री मार्याे’ मा अभिनेता प्रकाश घिमीरे अनुबन्धित भएका छन् । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्मको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका थिए ।

सागरसँगै अर्काे महत्वपूर्ण भूमिकामा रबिन्द्रा झा र नवराज श्रेष्ठ अनुबन्धित भइसकेका थिए । निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि फिल्ममा अभिनेता घिमीरेलाई ‘इन्ट्री’ गराएको हो ।

चैत्र तेश्रो साताबाट छायांकनमा जाने फिल्मको स्क्रिप्ट संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन् ।

सावित्रा चिलुवाल,आशिक बस्नेत,आदर्श बस्नेत र निर्मला बस्नेत निर्माता रहेको फिल्मका गीतमा बाबुल गिरी र रिमेशकुमार थापाको संगीत छ भने अन्य कलाकार र प्राबिधिक चयन कार्य धमाधम भइरहेको बताइएको छ । उषा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ०८२ सालको तिहारको अबसरमा लक्ष्मीपूजामा प्रदर्शन गरिने जानकारी निर्देशक गिरीले दिएका छन् ।

०००

सम्बन्धित समाचारसबै