‘द्रौपदी’ को ट्रेलरमा झल्कियो कर्णालीको सुन्दरता,जनजीवन र परम्परा

0 Shares

निर्देशक ऋषिराज आचार्य लिखिति तथा निर्देशीत तथा प्रमुख भूमिकामा अभिनीत प्रतिक्षित फिल्म ‘द्रौपदी’ को ट्रेलर शुक्रबार हाइलाइट्स् नेपालमार्फत दर्शकमाझ ल्याइएको छ । तीन मिनेट लामो ट्रेलरमा कर्णालीको जनजीवन,दुख,भौगोलिक सुन्दरता तथा परम्परा झल्किएको देखिन्छ । केही साताअघि सार्वजनीक टिजर र ‘कर्णाली कटौला’ गीतले चर्चा पाइरहेको बेलामा ‘द्रौपदी’ को ट्रेलर सार्वजनीक गरिएको हो ।


०८ चैत्रबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म प्रदर्शन पूर्व नै केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भइसकेको छ । जसकारण पनि दर्शकमा यो फिल्मप्रति चासो बढ्न गएको पाइएको छ । डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीका बिभिन्न बिकट तथा रमणीय स्थानहरुमा खिचिएको फिल्ममा नारी सम्वेदना पनि प्रचुर देखिन्छ । निर्देशक आचार्यको डेब्यु अभिनय समेत रहेको फिल्ममा उनका साथमा नवअभिनेत्री अश्विनी शाही,चर्चित गायक रबि ओड, नवअभिनेत्री सुजाता तिमिल्सिना,कबिराज भाम,जेल्सन अधिकारी,बिष्णु ठडराई,प्रकाश ज्ञवाली,सीता बौडेल,सुरज अधिकारीलगायतले अभिनय गरेका छन् ।


मोहनकुमार झिल्लुले खिचेको फिल्मको स्क्रिप्ट र गीत निर्देशक आचार्य स्वयम्ले लेखेका हुन । अनिल महर्जनको सम्पादन,सौरभ शर्माको पाश्र्व संगीत तथा बिष्णु ठडराईको कोरियोग्राफी रहेको फिल्मका गीतमा रबि ओड र इन्द्रकला राईको आवाज छ । आर बि मुभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्माता ऋतु आचार्य र बिष्णु ठडराई छन् । ऋषिराज आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट,एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा देशब्यापी बितरण गर्दैछन । निर्देशक अचार्यले यो फिल्मबाट आफू अभिनेताका रुपमा पनि जम्ने बिश्वास लिएका छन् ।

 

 

 

 

सम्बन्धित समाचारसबै