काठमाडौं,१४ मंसिर ।
बुटवलमा शुक्रबारबाट नयाँ ब्यबस्थापनका साथमा फ्रेन्डस् सिनेमाज् औपचारिक रुपमा संचालनमा आएको छ । अमरपथस्थित सिंह कम्प्लेक्समा रहेको यस हल धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज् हो । रोयल सिने हब प्रालिले संचालन गरेको हल २२२ सिट क्षमताको छ ।

कुवेर सिने ड्रिष्टिब्युसनमार्फत छोटो समयमै फिल्म बितरणमा आफूलाई स्थापीत गरेका तीन युवा–आशिष तामाङ,प्रदिप धामी र पुष्कर घिमीरको रोयल सिने हबले फ्रेन्डस् सिनेमाज्को ब्राण्ड बिस्तार गर्ने क्रममा बुटवलमा यो दोश्रो हल संचालन गरेको हो । आफुहरुले नयाँ ब्यबस्थापन,अत्याधुनीक प्रबिधि तथा दर्शकलाई बिबिध सेवासुबिधा र सहुलियतका साथ हल संचालनमा ल्याएको जानकारी आशिष तामाङले दिए । उनले हल खोलेको उपलक्ष्यमा पहिलो साताभरि टिकट दर रु १५० राखीएको तथा बिहानी शो, मंगलबार र बुधबारका शोका टिकट दर भने अन्य दिनका भन्दा कम हुने बताए ।

दैनीक ६ शोसम्म चलाउन सकिने पहिलाकोभ्यु सिनेमाज् अब फ्रेन्डस् सिनेमाज्का रुपमा आएको छ । हलमा नेपाली फिल्मलाई नै प्राथमीकता दिने दावी संचालक टिमको छ । हल संचालनसँगै फिल्म बितरणमा समेत छोटो समयमै आफूलाई स्थापीत गरिरहेको यो टिमले कुवेर सिने डिस्टिब्युसनमार्फत हालसम्म ‘फर्की फर्की’, ‘कुश्मा’ र ‘१२ गाउँ’ जस्ता हिट फिल्म बितरण गरिसकेको छ भने अब ‘उनको स्वीटर’,‘बलिदान’,‘रेशम फिरिरी’ लगायतका फिल्म दर्शकमाझ ल्याउदैछ । फिल्म बितरणसँगै भबिष्यमा फिल्म निर्माण अनि देशका अन्य स्थानमा फ्रेन्डस सिनेमाज् बिस्तार गर्ने योजना टिमको छ ।