निर्देशक बोहरालाई पुत्री लाभ

0 Shares

काठमाडौं,१८ असोज ।
निर्देशक एभरेष्ट सूर्य बोहरा दम्पतिलाई पुत्री लाभ भएको छ । निर्देशक बोहराकी पत्नी धनलक्ष्मी श्रेष्ठ बोहराले मनमोहन मेमोरियल हस्पिटल,स्वयम्भुमा छोरी जन्माएकी हुन् ।

असोज ७ गते जन्मिएकी छोरीको नाम सूर्यान्शी बोहरा राखिएको निर्देशक बोहराले जनाएका छन् । ‘आमा छोरीको स्वास्थ्य राम्रो छ,’ निर्देशक बोहराले भने,असोज १७ मा न्वारान सम्पन्न भयो । छोरीको नाम सूर्यान्शी लक्ष्मी राखियो ।’
‘अग्नी परिक्षा’,‘कान्छा’,‘मुटु’,‘श्री’,‘भैरे’,‘हेल्लो जिन्दगी’ लगायतका चलचित्र निर्देशन गरिसकेका निर्देशक बोहरा दुईटा नयाँ फिल्म ‘अवतार’ र ‘चमेलीको पोई’ निर्माणको क्रममा छन् ।

 

सम्बन्धित समाचारसबै