काठमाडौं ।
दीपेन्द्र लामाले आफ्नो नयाँ फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु गरेका छन् । २४ भदौबाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको फिल्मको सुटिङ सेटबाट दयाहाङ राई र आँचल शर्माको केही तस्विरहरु बाहिरिएका छन् ।
हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही,बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतले अभिनय गर्दैछन् ।
काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने फिल्मका निर्माता कडरियाले आफूहरुले भरपुर मनोरञ्जक फिल्म बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क कृएसन्सको ब्यानरमा रहेको ‘दुखी आत्मा’ सोसियल कमेडी फिल्म हो ।
आलोक शुक्लाको छायांकन,सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् । सुटिङ सकेपछि मात्रै रिलिज मिति सार्वजनीक गर्ने योजना निर्माण पक्षको छ । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्नेछ ।