काठमाडौं ।
मिसेस नेपाल वर्ल्ड-०२४ को आवेदन आह्वान गरिएको छ । आयोजक रिवन इन्टरटेन्मेन्टले विहिवार कमलादिस्थित वाक टावरमा प्रेसमिट गरि मिसेस वर्ल्ड-०२४ को फाइनल कार्तिक १० गते प्रज्ञा प्रतिस्ठानमा हुने जानकारी दिएको छ ।
बिबाहित महिलाहरु बीच कडा प्रतिस्पर्धा हुने प्रतियोगीताको पहिलो चरणको अडिसन भदौ ८ गते काठमाडौमा गरिने छ । आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्ष पनि मिसेस नेपाल वर्ल्डकी शीर्ष विजेताले अमेरिकामा हुने मिसेस वर्ल्डमा भाग लिन पाउने प्राबधान राखीएको बताए । साथै, सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता समेत चयन गरिनेछ ।
कार्यक्रममा मिसेस नेपाल वर्ल्ड ०२३ तथा मिसेस वर्ल्ड ह्युम्यनेटेरियन अवार्ड ०२३ विजेता पृथ्वीया थापाले यस प्रतियागीताले विवाहित र विभिन्न पेशामा आवद्ध महिलाईलाई अघि बढन थप अवसर प्रदान गर्ने अनुभव सुनाइन । मिसेस नेपाल वर्ल्ड ०२३ को रुपमा आफू अमेरिकामा सम्पन्न मिसेस वर्ल्ड सहभागी भएर मिसेस ह्युम्यानेटेरियनको उपाधि जितेपछि आफूले विभिन्न संघ संस्थामा आवद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको बताईन्। एमएस नेपाल-०२३ सीता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वर्ल्ड निकै उपयोगी मञ्च भएको बताईन्।
प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वर्ल्डलाई यसपटक बृहत ढंगले आयोजना गर्ने योजना रहेको सुनाए। आयोजक संस्थाले मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको बताइएको छ । सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताको सल्लाकारमा बरिष्ट फिल्म पत्रकार बिदुर गिरी छ्न ।