`यो मन त मेरो नेपाली हो´ को आँखै रसिलोमा रोशन र आयुषा

0 Shares

काठमाडौं ।

‘यो मन त मेरो नेपाली हो’ फिल्मको ‘तिम्रो आँखै रसिलो’ बोलको गीत सार्वजनीक गरिएको छ । अस्मीता अधिकारी र सवीन सुवेदीले गाएको गीतमा दीपक शर्माको शब्द र संगीत छ ।
रोशन श्रेष्ठ र आयुषा समाल फिचर्ड गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा ‘मेरो डान्स युनिभर्स’की विजेता खुशी कार्की, नारायण प्रधान, ‘डि आइडी’का टप टेन डान्सर नरेशवीर सिंह पनि फिचर्ड छन् ।

आयुषा ‘मेरो डान्स कप युएसए’ की फस्र्ट रनर अप हुन् । झापा, इलामका साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ पश्चिम बङ्गाल र अमेरिकामा खिचिएको फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायतका देशका कलाकारको अभिनय छ ।

अमेरिका निवासी साहित्यकार मित्र प्रधान (नर)को  कथा र निर्देशन रहेको फिल्म ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन। फिल्ममा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ , विजय बराल, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय छ ।
शिवम् अधिकारीको लेखनमा रहेको फिल्ममा विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीले आफ्नो कला, संस्कार, संस्कृति बिर्सदै गएको हुँदा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको बताइन्छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।

 

सम्बन्धित समाचारसबै