
काठमाडौं ।
डेब्यु निर्देशक प्रशान्त तामाङको फिल्म ‘सारंग’ को एउटा गीतमा कान्जिरोवा स्कुल,कोटेश्वरका २२ जना बालबालिकाले स्वर दिएका छन् । ‘चिसो बतास’ बोलको उक्त गीतमा प्रतिभावान ती बालबालिकाका साथमा गायक किरण भुजेल र मुस्कान रानाभाटको स्वर छ । निर्देशक प्रशान्तले कथाको मागअनुसार नै गीत बालबालिकालाई गाउन लगाइएको बताए । डिपी खनालले लेखेको गीतमा शंकर थापा स्माइलको संगीत छ ।
डिपी र शंकरकै रचना,संगीतमा फिल्मको अर्काे एउटा गीत पनि केही दिनअघि रेकर्ड गरिएको जानकारी निर्देशक प्रशान्तले दिएका छन् । शान्तिश्री परियार र साइराजको स्वर रहेको त्यो गीतको बोल ‘चोली तुनामा’ छ ।
बैशाख २ गतेबाट सुटिङ सुरु भएको फिल्ममा बाल मनोबिज्ञान तथा बालअधिकारको बिषय उठान गरिएको छ । पहिलो चरणको सुटिङ सकिएको फिल्मको बाँकी दृश्य तथा गीत अर्काे साता खिच्ने तयारी निर्माण पक्षको छ । निर्देशक आफैले लेखेको फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीर मणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापाका साथमा सम्राट थापा र आदित्य कार्कीले अभिनय गरेका छन ।