काठमाडौं ।
बहुप्रतिक्षित तथा बहुचर्चित फिल्म ‘सतीदेवी’ ले आमा,दिदी,बहिनी,छोरीचेलीलाई लक्षित गरि फोटो प्रतियोगिता घोषणा गरेको छ । ०७ भदौबाट प्रदर्शनमा आउन लागेको फिल्मले घरको पीढीमा बसेर महिला तथा बालिकाहरुले एकअर्कालाई ठुङ हान्दै/जुम्रा हेर्दै गरेको यथार्थता झल्कीने एउटा फोटोसहित ‘ठुङ मार्नुस/हान्नुस,नगद पुरस्कार जित्नुस’ प्रतियोगीता दर्शकमाझ ल्याएको छ ।

देश,बिदेश,बिश्वभरका नेपाली नारी,महिलाले भाग लिन पाउने प्रतियोगीताका लागि परिवारमा रहेका महिला सदस्यहरु बसेर ठुङ मार्दै गरेको एउटा फोटो साउन ३१ गते रातीसम्म आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट गर्दै “फिल्म `सतीदेवी´०७ भदौबाट प्रदर्शन हुदैछ´´ लेखी फिल्मको अफिसियल फेसबुक पेज Sati Devi Nepali Movie “सतीदेवी´´ लाई ट्याग/मेन्सन गर्नुका साथै सो फोटो यही पेजको इन्बक्समा पठाउनु पर्ने छ । साथै, त्यही फोटो इन्स्टाग्राममा पोस्ट गरि @Laxmanzee मा ट्याग गर्नुपर्ने प्राबधान राखिएको छ ।
जुनसुकै उमेरका बालिका र महिलाले प्रतिस्पर्शा गर्न पाउने प्रतियोगीतामा प्रथम हुने फोटोलाई रु २०,०००/-,दोश्रोलाई १०,०००/- र तेश्रो स्थान हासिल गर्ने फोटोलाई रु ५,०००/- नगद पुरस्कार प्रदान गरिने बताइएको छ । पुरस्कार बिजेताहरुको नाम र पुरस्कृत फोटाहरु फिल्मको पेजमा प्रकाशीत गरिने बताइन्छ ।

लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको `सतीदेवी´ मा अभिनेत्री मलिका महत,हर्षिका वली,मन्जीला बाँनिया,भोला सापकोटा,कुलबहादुर अधिकारी,सृजना अधिकारी,रमेश बुढाथोकी,सन्दीपबाबू लोहनी,सन्देश लिम्बू,सुजीता शिवाकोटी,मनिषा सापकोटा,बिमल श्रेष्ठ आदिको अभिनय छ । दिलासा र साराको प्रस्तुति रहेको फिल्मको निर्मातामा श्रीदेवी सुवेदी र विशाल सुवेदी छन ।