0
Shares

काठमाडौं । तुलसी शिवाकोटी र देवी शिवाकोटी प्रसाईँको स्वरमा `अजम्बरी´ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ ।
एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले आफनी श्रीमती देवी शिवाकोटीलाई उपहार स्वरुप निर्माण गरेको भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्माले अभिनय गरेका छन ।
नवराज शर्माको शब्द र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् । निर्माता गणेशले केही दिनअघि नेपाल आएको अवसर पारि भिडियो निर्माण गरेका हुन ।
भिडियोमा एक विवाहित जोडीले २५ बर्षे बैबाहिक जीवनमा आइपरेका बिबिध माया प्रेम,परिवारिक जिम्मेवारी लगायतका बिषयमा भिडियो निमार्ण गरिव्को छ । बुद्ध थापाले खिचेको भिडियो माधव बेल्बासेले सम्पादन गरेका हुन ।
हेर्नुस भिडियो=