0
Shares

काठमाडौं ।
`एक्टर´फिल्मको सुटिङ समापन गरिएको छ । काठमाडौं र पोखरामा खिचिएको फिल्मको एउटा गीत बाँकी राख्दै कुल ४५ दिनमा सुटिङ सकिएको घोषणा गरिएको छ ।
अभिनेता दीलिप रायमाझीकी छोरी दिब्या रायमाझीले हिरोइनका रुपमा डेब्यु गरेको फिल्ममा प्रदिप खड्का शीर्ष भुमिकामा छन । थमनकुमार भण्डारीले निर्माण गरेको फिल्मको सो गीत युरोपमा खिच्ने प्लान बनाइएको छ ।
राजन भुसालको निर्देशनमा बनेको फिल्ममा प्रदीप र दिव्याका साथमा राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला,सिर्जना अधिकारी,उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मालगायतको अभिनय छ । फिल्म तिहारको अवसरमा कार्तिक १५ गते प्रदर्शन हुदैछ ।