
काठमाडौं ।
अभिनेता पृथ्वीराज प्रसाई साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको राजु गिरी निर्देशित ‘ईश्वर’ फिल्मबाट पर्दामा `कमब्याक´ गर्दैछन ।
पछिल्लो पटक नवल नेपाल निर्देशीत तथा छवि ओझाले निर्माण गरेको मंगलम´ फिल्मबाट दर्शकमाझ छाएका उनले
`किस्मत २´ बाट पनि दर्शकको मन जितेका थिए । `इश्वर´ मा आफू सागर नामक लभर ब्वाइको भुमिकामा रहेको उनी बताउछन । ‘म सागर नामक लभर ब्वाईको भुमिकामा छु । सुरुमा नेगेटिभ देखिए तापनि पछि पोजटिभ हुन्छु ।´ फिल्ममा आफ्नो भुमिका बारे बताउदै उनी भन्छ्न,`‘ईश्वर पारिवारिक फिल्म हो । सहरबाट आफ्नो गाउँ फर्किएको युवक सागरको गाउँकी युवतीसँग प्रेम हुन्छ ।’ फिल्ममा आफु र अनु शाहको रोमान्स हेर्न पाइने उनी बताउछ्न ।
पृथ्वीराजले केही भिडियोमा अनुसँग अभिनय गरेका थिए । फिल्म चाहिँ ‘ईश्वर’ नै पहिलो हो । ‘पहिला भिडियोमा अनुसँग सहकार्य गरेकाले फिल्ममा उनीसँग कुनै अप्ठ्यारो फिल भएन ।’, उनले भने ।
अब उनलाई कमेडी जनराको फिल्ममा काम गर्ने इच्छा छ रे ! `‘किस्मत २´ मा एक्सन, `मंगलम´मा फ्यामिली ड्रामा र `वीरंगना´मा एक्सन गरियो । अब कमेडी जनरामा काम गर्ने मन छ’, उनी भन्छन् । `इश्वर´ ले दर्शकको मन जित्ने बिश्वास उनको छ । फिल्ममा उनीसंगै ध्रुव थापा, अनु शाह,माओत्से गुरुङ,बुद्दी तामाङ,रबिन्द्र झालगायतले अभिनय गरेका छन ।