कुवेर फिल्मस्ले ल्यायो ‘इश्क भिश्क रिवाउन्ड’, अब नेपाली फिल्म देशब्यापी बितरण गर्ने

0 Shares

काठमाडौं । 
नेपाली फिल्म मोफसल बितरणमा छोटो समयमै दरिलो स्थान बनाउन सफल भएको कुवेर फिल्मस्ले अब देशब्यापी रुपमा हिन्दी फिल्म पनि बितरण गर्ने भएको छ । यही शुक्रबार अर्थात् ७ असारमा प्रदर्शन हुन लागेको हिन्दी फिल्म ‘इश्क भिस्क रिबाउन्ड’ बाट देशब्यापी बितरण सुरु गर्दैछ । यसअघि ‘ड्रिम गर्ल–२’ र ‘घुमर’ नेपाल भित्र्याएको यो कम्पनीले २१ बर्षअघि अर्थात सन् २००३ मा बनेको शाहिद कपुरको डेब्यु फिल्म ‘इश्क भिस्क’ को सिक्वेल भनिएको ‘इश्क भिस्क रिबाउन्ड’ नेपाल प्रदर्शन अधिकार लिएको हो ।

 

शाहिदलाई बलिउडमा हिरोको रुपमा स्थापीत गरेको ‘इश्क भिस्क’ झै अहिलेको ‘इश्क भिस्क रिबाउन्ड’ मा पनि नयाँ कलाकारहरु–पश्मिना रोशन,रोहित सर्राफ,जिब्रान खान,नैला ग्रेवालले अभिनय गरेका छन् । निपुन धर्माधिकारीको निर्देशनमा बनेको फिल्म अहिले चर्चामा छ । कुवेर फिल्मस्का आशिष तामाङले आफूहरुले नेपालीसँगै हिन्दी फिल्म बितरणलाई पनि ब्यबस्थित रुपमा सुरु गरेको बताए । अहिलेसम्म नेपाली फिल्मको मोफसल बितरण अधिकार मात्रै लिदै आएकोमा ‘इश्क भिस्क रिबाउन्ड’ भने देशब्यापी प्रदर्शन गर्न लागेको उनले बताए । युवा पुस्ताका दर्शक लक्षित यो फिल्मले मुनाफा कमाउनेमा कुवेर फिल्मस् बिश्वासी देखिन्छ ।

‘भागवत गीता’, ‘रंगेली’ र ‘फर्की फर्की’ मोफसल बितरण गरिसकेको कुवेर फिल्मस्ले बिराज भट्टको ‘१२ गाउँ’,धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत ‘खुस्मा’, बिपीन कार्की र मिरुना मगर अभिनीत ‘उनको सुइटर’ लगायतका फिल्मको मोफसल राइट लिइसकेका छन् ।

 

‘हामी नेपाली फिल्म देशब्यापी प्रदर्शन गर्ने तयारीमा छौं । छिट्टै नै केही फिल्म लिदैछौ,’ आशिष भन्छन्,‘फिल्म बितरणलाई ब्याबसायिक रुपले लिएका छौं । त्यसकारण स्वदेशी,बिदेशी दुवै फिल्म बितरण गर्छाैं ।’ उनले आफूहरुले अत्यन्तै ब्यबस्थित ढंग र निर्माताको सोचअनुसार फिल्म प्रदर्शन गर्ने भएकाले एकपछि अर्काे ठूलो ब्यानर र कलाकारका फिल्म आफूहरुको कम्पनीले पाइरहेको बताउँछन् ।

सम्बन्धित समाचारसबै