‘अष्ट्रेलियन दुल्हा’ बन्दै किशोर खतिवडा

0 Shares

काठमाडौं ।
चितवनमा आइतबार ‘अस्ट्रेलियन दुल्हा’ नामक फिल्मको शुभमुर्हतसँगै सुटिङ थालीएको छ । पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिरमा क्यामेरा पूजासँगै फिल्मको सुटिङ सुरु गरिएको हो ।
रेहान मियाको लेखन, निर्माण एवम् निर्देशन रहेको फिल्ममा किशोर खतिवडा, बिमल पौडेल,प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल,अन्जन शर्मालगायतले अभिनय गर्दैछन् ।

आगामी तिहारमा रिलिज गर्ने लक्ष्य लिइएको फिल्म रबि कोइरालाले खिच्दैछन् भने निर्मातामा कृष्णराज अर्याल र रमेश अधिकारी छन् । देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहने फिल्ममा तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचारसबै