`मायाका रंगहरु´ मा सिक्कीमका कमेडियन

0 Shares

काठमाडौं ।

निर्माणाधीन फिल्म ‘मायाका रंगहरु’ मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । गरिमा इन्टरटेनमेन्टका सञ्चालकसमेत रहेका तामाङलाई फिल्मका निर्माता ,निर्देशक केवल तामाङले केही दिन अघि काठमाडौंमा अनुबन्धित गरेको बताइएको छ ।

पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेको `मायाका रङहरु´ को प्रमुख हिरोइनका लागि भने खोजी कार्य जारी रहेको बताइन्छ ।

काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा सुटिङ गरिने फिल्मको प्रस्तुतकर्ता पुनम तामाङ र आरबी थाङदेन निर्माता छन ।

भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहने फिल्मको सह–निर्मातामा जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल छ्न । सुटिङ छिट्टै सुरु हुने तयारीमा छ ।

सम्बन्धित समाचारसबै