नेपालीले बनाएको अंग्रेजी फिल्म ‘कामा’ को फस्र्टलुक पोस्टर सार्वजनीक

0 Shares

काठमाडौं     ।
नेपालीका साथमा बेलायती कलाकार,प्राबिधिक संलग्न अंग्रेजी भाषाको फिल्म ‘कामा’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । सम्पूर्ण छायाँकन तथा पोस्ट प्रोडक्शन युकेमा सम्पन्न गरिएको फिल्म बेलायतमा बस्दै आइरहेका निर्माता,अभिनेता बिक्रम जोशी (बिक्की) ले निर्माण गरेका हुन् ।


सार्वजनीक फस्र्टलुक पोस्टरले फिल्म सस्पेन्स,थ्रीलर जनरामा रहेको बुझाउछ । भीमसेन लामाले निर्देशन गरेको फिल्ममा टंक धमला,पूजा गुप्ता,समीर गुरुङका साथमा बेलायती कलाकार म्याथ्यु वाकफोर्ड,जेमिमा टम्स,मिया बेन्नेटले अभिनय गरेका छन् ।

महारानी इन्टरटेन्मेन्ट,नालापानी अनि फिल्म फ्याक्ट्रि युकेले भैरव फिल्मस्सँगको सहकार्यमा निर्माण गरेको फिल्मको कथा स्व. बिशारद बस्नेतको हो भने पटकथा सम्वाद हिराल जोशी,बिक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् । बिक्रम जोशी कार्यकारी निर्माता रहेको फिल्मको निर्मात्री हिराल जोशी हुन् ।

यसअघि ‘ह्याप्पी डेज’,‘हेलो जिन्दगी’,‘दि सिक्रेट अफ राधा’ लगायतका फिल्म निर्माण गरेको बिक्रम जोशीले ‘कामा’ अत्याधुनीक पुस्ताका दर्शक लक्षित फिल्म भएको बताउँछन् । अंग्रेजीमा निर्माण गरिएको भए पनि फिल्म नेपालीमा नेपालमा समेत प्रदर्शन गरिने जानकारी उनले दिएका छन् ।

‘हलिउड स्टाइलको फिल्म बनाऔं भनेर ‘कामा’ निर्माण गरेका हुन्’, निर्माता बिक्रम भन्छन्, ‘हामी पनि अन्तराष्ट्रिय गुणस्तरको फिल्म बनाउन सक्छै भनेर ‘कामा’ ले देखाउने छ ।’
उनले ‘कामा’ को प्रदर्शन मिति केही समयपछि तय गरिने बताए । अन्तराष्ट्रिय बजारमा प्रदर्शनपछि नेपालमा चलाउने योजना उनको छ ।

सम्बन्धित समाचारसबै