काठमाडौं ।
कोशी चलचित्र महोत्सव ०८१ मा बरिष्ट अभिनेता शिव श्रेष्ठसहित एक दर्जन बढी कलाकर्मी सम्मानित भएका छन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न समापन कार्यक्रममा चलचित्र क्षेत्रमा निरन्तर योगदान दिएको भन्दै चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक नविन सुब्बा, निर्माता छबिराज ओझा, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार निर्देशक रमेश बुढाथोकी र रंगपत्रकार प्रकाश सुवेदीलाई विशेष योगदान सम्मान प्रदान गरिएको थियो ।
बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइभ अचीभमेन्ट प्रदान गरिएको कार्यक्रममा चलचित्र ब्यबसायी तथा कलाकर्मी कुबेर शर्मा, चिरञ्जिवी बस्नेत, केशव रायमाझी, सबुरलाल चौधरी, लाखमान योजन, सुमित खड्का, गायक श्रीकृष्ण लुईटेल, वीरेन्द्र झा, विपिन प्रसाई, सुवास मेचे, प्रेम देवानलगायतले ‘प्रादेशिक सम्मान’ प्राप्त गरे ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजनामा आयोजित कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्का, चलचित्र बिकास बोडका पुर्व अध्यक्ष राजकुमार राई, चलचित्रकलाकार संघका अध्यक्ष मोहन निरौला चलचित्र पत्रकार संघका केन्द्रीय उपाअध्यक्ष कुबेर गिरी, निर्माता संघका कोषाध्यक्ष ज्योतीराज राईलगायत बिभिन्न क्षेत्रका थुप्रै ब्यक्ति सहभागी थिए ।
कोशी प्रदेशमा चलचित्रको गतिबिधि बढाउदै त्यहाँ बनेको चलचित्रको प्रवन्र्धन गर्ने उदेश्यले आयोजित महोत्सवमा छोटा तथा फिचर गरी जम्मा ४४ फिल्म सहभागीता थिए ।
प्रदेशमै पहिलो पटक आयोजना भएको महोत्सको उद्घाटन कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले गरेका थिए । कोशी प्रदेशमा चलचित्र निर्माण, विश्वबजारमा नेपाली चलचित्र, नेपाली चलचित्रमा महिला भन्ने बिषयमा दिनेश डिसी, नवल खड्का, नविन सुब्बा, सुचित्रा श्रेष्ठ,संगीता श्रेष्ठ लगायतका बक्ताबीच अन्तक्र्रिया गरिएको थियो ।
६ दिन कोशी प्रदेशका बिभिन्न स्थानमा चलचित्र प्रदर्शन गरिएको महोत्सव कोशी प्रदेशलाई चलचित्र हव बनाउने र चलचित्रको प्रचार प्रसार गर्दै चलचित्रकर्मीलाई प्रोत्सान गर्ने उदेश्यले आयोजना गरिएको आयोजक चलचित्रकर्मी महासंघका अध्यक्ष अरुणकुमार प्रधानले बताए । उनले यसप्रकारका महोत्सव आगामी दिनमा पनि निरन्तर आयोजना गर्दै जाने योजना सुनाए ।