अर्जुन कुमारको `सानो संसार´ दशैमा

0 Shares

काठमाडौं ।

आलोक नेम्वाङ निर्देशीत चर्चित फिल्म `सानो संसार´ कै नाममा दर्शक अब नयाँ फिल्म हेर्न पाउने भएका छ्न । गायक तथा निर्माता अर्जुन कुमारले यही नाममा फिल्म निर्माण घोषणा गरेका छ्न ।

शुक्रबार राजधानीको कमलादी गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । हाँस्य कलाकार केदार घिमीरेकी पत्नी सीतादेवी तिमल्सिना प्रमुख भूमिकामा रहेको फिल्ममा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटीलगायतका कलाकारले अभिनय गर्ने छ्न । यिनीहरु सिरिज तथा सिरियलका चर्चित कलाकार हुन ।

काठमाडौं, धादिङ र नुवाकोटमा खिचिने फिल्म अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको व्यानरमा निर्माण हुनेछ ।
सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा बन्ने फिल्मको नाम मिले पनि १६ बर्ष अघि स्व. निर्देशक आलोक नेम्वाङको निर्देशनमा बनेको `सानो संसार´ संग केही पनि समानता नरहेको निर्माता अर्जुनको दावी छ । फिल्म यसपालिको घटस्थापना अर्थात असोज १७ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।

सम्बन्धित समाचारसबै