‘गाउँ आएको बाटो’ को ट्रेलर रिलिज

0 Shares

काडमाडौं ।
बिभिन्न अन्तराष्ट्रिय फिल्म फेष्टिभलहरुमा छनौट तथा प्रदर्शन भएको फिल्म ‘गाउँ आएको बाटो’ को बिहीबार ट्रेलर सार्वजनीक गरिएको छ ।

नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म २५ जेठबाट बिश्वब्यापी प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनीक साढे ३ मिनेट लामो ट्रेलरमा चोयाका सामानहरु बनाएर गुजारा चलाउने ग्रामीण भेगको एक परिवारको गरिबीको कथा प्रस्तुत गरेको देखिन्छ ।

दयाहाङ राई,पशुपति राई,प्रेम सुब्बा,केशब राई,सुमित्रा राई, प्रसन राईलगायतका कलाकारले अभिनय गरेको फिल्म टोरेन्टो इन्टरनेशनल फिल्म फेष्टिभल ०२४ मा छनौट भएको थियो ।

त्यसैगरी,२८ औं बुसान फिल्म फेष्टिभलमा पनि प्रदर्शन भएको थियो । यसअघि सुब्बा निर्देशीत ‘नुमाफुङ’ ले सर्वत्र तारिफ पाएको थियो । अर्थपूर्ण फिल्म निर्माण गर्ने निर्देशक सुब्बाको ‘गाउँ आएको बाटो’ प्रति फिल्मप्रेमीहरु बिशेष रुचि रहेको छ ।

 

 

सम्बन्धित समाचारसबै