‘फर्की फर्की’ र ‘पुजार सार्की’ बिश्वभर एकसाथ रिलिज

0 Shares

काठमाडौं ।
बुद्ध जयन्तीको अवसर पारेर बिहीबारबाट दुई नयाँ फिल्म ‘फर्की फर्कीम र ‘पुजार सार्की’ देशसहित बिश्वभर प्रदर्शनमा आएका छन् । सुयोग गुरुङको निर्देशनमा रोहित अधिकारीले निर्माण गरेको ‘फर्की फर्की’ बिशेषगरी युवापुस्ताका दर्शक लक्षित छ । दिनेश राउतको निर्देशनमा सुवास भुसालले निर्माण गरेको ‘पुजार सार्की’ पन्चायतकालीन समयमा नेपाली समाजमा ब्याप्त जातीय बिभेद यद्यपी कायम रहेको सामाजीक यथार्थतामा केन्द्रित छ ।

‘फर्की फर्की’ मा अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा छन् भने ‘पुजार सार्की’ मा आर्यन सिग्देल,प्रदिप खड्का,पल शाह,अञ्जना बराइली र परिक्षा लिम्बु केन्द्रिय भूमिकामा छन् । ‘फर्की फर्की’ को बुधबार साँझ राजधानीमा प्रिमीयर गरिएको थियो । जसमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको छ ।

कतिपयले अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय रहेको फिल्मका रुपमा समेत दावी गरेका छन् । ‘पुजार सार्की’ को भने बिहीबार बिहान सिभिल मलमा पब्लिकसँगै प्रेस शो आयोजना गरियो । यो फिल्मले पनि दर्शकबाट उत्साहजक प्रतिक्रिया पाएको छ । दुवै फिल्मले प्रदर्शनको पहिलो दिन देशभरका हलमा दर्शकको उत्साहजनक साथ पाएको छ ।

पब्लिक पब्लिसिटी सकारात्मक आइरहेकाले अबका दिनमा दुवै फिल्मले अब्बल ब्याबसाय गर्ने छनक देखिएको छ ।

सम्बन्धित समाचारसबै