काठमाडौं ।
१२ औं नेपाल अफ्रीका फिल्म फेष्टिभल-०२४ असारमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा राजधानीमा हुने महोत्सबको तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजक प्रमुख डा. मन्जु मिश्रले दिएकी छिन ।
महोत्सबका लागि यसपटक डेढ दर्जन मुलुकका चार दर्जन बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा बृत्तचित्र समावेश भएका छन् । जसमध्य बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई समावेश गराईने छ ।
‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ,’ महोत्सब अध्यक्ष डा.मिश्रले जनाइन ।
यस्तै महोत्सबका लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, बृत्तचित्र, अदिबासी चलचित्र र विधार्थी चलचित्रहरु प्रदर्शन गरिने भएको छ । महोत्सबका लागि नेपालका चलचित्र, लघु चलचित्र, बृत्तचित्र, अदिबासी चलचित्र र विधार्थी चलचित्रहरु समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको यो महोत्सबका निर्देशक डब्बु क्षत्रीले जानकारी गराएका छन् ।
बिगत १२ वर्षदेखि यो महोत्सब आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन् । बिगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिने आयोजक पक्षले जनाएको छ ।
महोत्सबमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ ।
नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादिपको संस्कृति चलचित्र मार्फत आदन प्रदान गर्नको लागि यो महोत्सब आयोजना गर्दै आएको आयोजक पक्षले जनाएको छ । महोत्सबमा अफ्रिकन चलचित्रको बारेमा पनि अन्तरक्रिया गरिने छ ।