असार ७ मा ‘शिरफूल’

0 Shares

काठमाडौं ।
निर्देशक कमल एक्चै मगरको निर्देशनमा केही समयअघि निर्माण भएको फिल्म ‘शिरफूल’  असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । आदिवासी जनजाति महिलाहरुले शिरमा लगाउने एक प्रकारको सुनको गहनाको बिषयलाई लिएर निर्माण गरिएको फिल्म नारी प्रधान कथामा रहेको बताइन्छ ।

फिल्ममा बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक बिचलनलाई चित्रित गरिएको निर्देशक मगर बताउँछन् । फिल्ममा पुराना अभिनेत्री रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय छ ।

अभिनेत्री मरिस्का पोखरेल बिशेष भूमिकामा रहेको फिल्मको निर्मातामा आशिर्वाद पुन मगर र माया छन्त्याल पुन छन् । राज थापा र राजु युगिनको पटकथा रहेको फिल्मका गीतमा तारा श्रीस,आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई देवराज आलेको स्वर छ ।

फिल्मका गीतमा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत,देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने ‘शिरफूल’ अघि निर्देशक मगरले निर्देशन गरेको ‘डेसान’ फिल्म सार्वजनीक प्रदर्शनमा आइसकेको छ । सो फिल्मले विभिन्न फिल्म फेस्टिभलमा बिशेष अवार्डहरु जितिरहेको छ ।

‘शिरफूल’ को प्रदर्शनपछि निर्देशक मगर‘आलिङ्गन’ निर्माण गर्ने तयारीमा छन् ।

सम्बन्धित समाचारसबै