0
Shares
काठमाडौं ।
नेपाली फिल्म अन्तरास्ट्रिय बजारमा ब्यबस्थित तवरले बितरण गर्दै आइरहेको सेभेन सिज इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कलाकार अनुबन्धीत हुने क्रम निरन्तर छ ।
यसअघि नै प्रकाश सपूत, मुकुन भुसाल,बिजय बराल अनुबन्धित भैसकेको फिल्ममा थप तीन चर्चित कलाकार भित्रीएका छ्न । उनीहरु हुन- बिनोद न्यौपाने,भोलाराज सापकोटा र देशभक्त खनाल ।
जेठ तेश्रो साता सिन्धुलीबाट सुटिङ सुरु गरिने फिल्मको निर्देशन सरोज पौडेलले गर्दैछ्न भने निर्मातामा बिनोद पौडेल र प्याट्रीक सुवेदी छ्न ।
रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको मुख्य अभिनेत्री तथा अन्य कलाकार भने गोप्य नै राखिएको छ ।
निर्देशक सरोजकै कथा रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन । `पूर्णबहादुरको सारंगी´ ०८२ सालभित्र प्रदर्शन गर्ने लक्ष्य लिइएको छ ।