सुटिङका क्रममा पलको दाहिने हातमा चोट,लगाइयो टाँका

0 Shares

काठमाडौं ।
अभिनेता पल शाह सुटिङका क्रममा बुधबार घाइते भएका छन् । बिगत केही दिनयता सर्लाहीमा ‘रावायण’ फिल्मको सुटिङमा तल्लीन पलको दाहिने हातमा चोट लागेको हो । एक्शन दृश्य छायांकनको क्रममा दाहिने हात धसारिएर चोट लागेको हो । उनको घाउमा लालबन्दीको स्थानीय अस्पतालमा टांका लगाइएको छ । घाउ रिकभर हुन करिब दुई साता लाग्ने बताइएको छ ।

AI generated pic of Paul Shah

सुदर्शन थापाको निर्देशनमा बनीरहेको ‘रावायण’ मा पल दोहोरो भूमिकामा रहेको बुझीन्छ । फिल्ममा पलको साथमा पूजा शर्मा मुख्य भूमिकामा छिन् । पल आर्यन सिग्देल र प्रदिप खड्काका साथमा अभिनीत पछिल्लो फिल्म ‘पुजार सार्की’ १० जेठमा रिलिज हुदैछ भने उनको ‘रावायण’ तीजको अवसरमा २१ भदौमा दर्शकमाझ ल्याइदैछ ।

 

 

 

 

सम्बन्धित समाचारसबै