काठमाडौं ।
ललीतपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ११–१३ जेठमा नेपाल फेसन फेस्टिभलआयोजना हुने भएको छ । दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै भन्ने नारा लिएको फेस्टिवलको सम्पूर्ण तयारी सकिएको आयोजक बिजनेश नेटवर्क प्लेटफर्म नेपालले जनाएको छ ।
फेस्टिभल बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्ने जानकारी सोमबार राजधानीमा आयोजित पत्रकार दिइएको छ ।
नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूको सशक्तिकरण र विकासका उद्धेश्य राखेर फेस्टिभल आयोजना गरिएको फेसन नेटवर्क नेपालका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले बताए । आयोजक संस्थाका संस्थापक निर्देशक शेखर राज कशजुका अनुसार यो फेस्टिभल रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
नेपालको फेसन उद्योगलाई डिजिटलाइजेन गर्दै अनलाइन र इ–कमर्शमार्फत प्रमोट गर्ने उद्देश्यले स्थापना भएको फेसन नेटवर्क नेपालले भौतिक रुपमा समेत फेसन उद्योगलाई चलायमान, संस्थागत तथा व्यवसायिक बनाउन केही नयाँ कार्य गर्नैपर्छ भन्ने उद्देश्यले तीन दिने नेपाल फेसन फेस्टिभल आयोजना गर्न लागेको जनाएको छ । फेस्टिभलमा कम्तिमा ७५ वटा स्टलहरु राखिने छ भने नेपालको फेसन उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धि बनाउन, फेसन, ब्यूटी, जीवनशैली तथा कलालाई अर्थपूर्ण रुपमा सहकार्य गराउन यो उत्सवले सहयोग गर्ने आश आयोजकको छ ।
पञ्च एण्ड सन्स ज्वेलरी, परि कस्मेटिक्स, रिजभल, नमूना फेसन कलेज, आईआईएफटी, पिके मार्केटिङ प्रालि, इन्टा अटायर, आवरण स्किन क्लिनिक, बप्दावा, एसएस फेसन एण्ड क्राफ्ट, हेल्दी च्वाइस, प्रमानी फेसन हाउस, राष्ट्रिय पोशाक घर, श्रीकेश हेयर ओयल, एलआईएम कलेजरएएलसीका स्टलहरु फेस्टिभल नेपालमा रहने छन् । त्यस्तै, गुर्खा वाच, अमृता क्राफ्ट, ज्वाला राज डिजाइन, त्रिकाया, बहुबेटी फेब्रिक सेन्टर, लोगो, जुजु, मेकअप दरबार, सुट स्टुडियो, लाली, काया कलेक्सन, अर्को नेपाल, याभी, डिभाइन जेवेल्स, अस्तित्व नेपाल, साबाह नेपाल, बिआइएले पनि फेस्टिभलमा स्टल राख्ने छन् ।
फेस्टिभलमा अल्लो फेब्रिक्स,काठमाडौं फेब्रिक्स, चियाङ माइ,अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स, शमा पस्मिना, न्यू मीउ, केश यूनिसेक्स सलून, स्कूल अफ ब्यूटिसियन आईटिसी, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल, जेबिजी बेसपोकले पनि स्टल सजाउने छन् । फेस्टिभलमा बोता, क्रेजी यतीर रुमाली घर,थान्कस नेचुरल आईसक्रिम, मीना मिसन खाद्य उद्योग, भिलेज क्याफे, इजी फ्रूट, होक्कादो, मेक्सिकन डिजाइटले आफ्नो स्टलमा स्वादिष्ट खाद्य परिकारहरु उपलब्ध गराउने छन् ।
फेस्टिभलमा फेसन उद्योगको बिषयमा केन्द्रित भइ बिबिध छलफल र अन्तरक्रिया चलाइने छ । जसमा फेसन उद्योगका समस्या, सम्भावना र चुनौतीहरुका बारेमा सम्बन्धि क्षेत्रका विज्ञहरुबीच विचारको मन्थन हुनेछ । महोत्सव अवधिभर कुल छ वटा प्यानल डिस्कसन हुनेछ । यसबाहेक महोत्सवमा फेसनसँग सम्बन्धि वर्कशप तथा मास्टर क्लासहरु सञ्चालन गरिनेछ । फिल्म शोकेससमेत समावेश छ, जहाँ फेसन भिडियोग्राफीहरु शोकेश गरिने छ ।
फेसन उद्योगमा आवद्ध व्यक्तिहरुले कुनै न कुनै रुपमा तयार पारेका भिडियो कन्टेन्टहरुलाई यसक्रममा प्रदर्शन गरिने छ । फेस्टिभलमा हरेक साँझ फेसन रनवे आयोजना हुनेछ, जहाँ महोत्सवमै सहभागिता जनाएका बुटिक, फेब्रिक, फेसन डिजाइनरका पहिरनहरु शोकेश गरिने जनाइएको छ । शोमा क्याटवाक गर्दै नेपालका स्थापित डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गर्नका लागि झण्डै केही दर्जन नयाँ मोडलहरुलाई आयोजक संस्थाले पहिलो पटक र्याम्पमा प्रस्तुत गर्दैछ । उक्त फेसन शोमा सहभागिता जनाउनका लागि गत वैशाख १५ गते शनिवार गरिएको अडिसनबाट मोडलहरु छनौट भैसकेको जनाइएको छ ।