0
Shares
काठमाडौं ।
‘‘एक्टर’ फिल्मको सुटिङ शुक्रबार पोखराबाट सुरु भएको छ । बिन्दबासिनी मन्दिरमा शुभमुर्हत पूजासँगै फिल्मको सुटिङ सुरु गरिएको हो । मुहर्तमा अभिनेता प्रदिप खड्का,डेब्यु अभिनेत्री दिब्या रायमाझी,निर्देशक राजन भुसाल,निर्माता थमनकुमार भण्डारी,अभिनेत्री आना शर्मालगायतले क्यामेरा पूजा गरेका थिए ।
एक साताभन्दा बढी पोखरामा खिचिने फिल्मको केही दिनअघि खोकानास्थिति कार्यबिनायक गणेश मन्दिरमा बैद्धिक बिधिअनुसार पूजापाठ गरि शुभसाइत गरिएको थियो । कलाकारको जीवनको बिषयलाई प्रस्तुत गरिने बताइने फिल्ममा प्रदिप,दिब्या,आनाका साथमा राजबल्लभ कोइराला,सुशील सिटौला,दिब्यदेवलगायतले अभिनय गर्दैछन् । अधिकांश दृश्य काठमाडौंमा खिचिने बताइएको फिल्मको छायाँकार नरेन्द्र मैनाली हुन् ।
फिल्म लक्ष्मीपूजाको अवसरमा कार्तिक १५ गते प्रदर्शन गरिने बताइएको छ ।