राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा कटवाल निर्विरोध,यस्तो छ नयाँ कार्यसमिति

0 Shares

काठमाडौं ।
राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशनले प्रकाश कटवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न अधिवशेनमा देशभरका कलाकारहरु उपस्थिति थिए ।

लोक गायक प्रकाश कटवाल निर्विरोध निर्वाचित भएको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती, अनि उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) चयन भएका छन् । महासचिवमा विनोद ढकाल,उपमहासचिवमा मानबहादुर तामाङ र रबिन्द्र रिमाल,सचिबमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रुपक परियार निर्वाचित भए ।

यस्तै,सहसचिवमा स्मृति गौतम,प्रवक्तामा सविन चौहान,कोषाध्यक्षमा गोविन्द गौतम र सहकोषाध्यक्षमा टीका सानु निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा भने नवराज भट्टराई, कुलबहादुर वली, दिनेश भण्डारी,नकुलप्रसाद गौतम, प्रदिप रोक्का,अशोक सापकोटा, रुपेश पुडासैनी, ऐनबहादुर दौड्याल, दिलु बिसी,ढकबहादुर खत्री, उमेश शिवाकोटी, दिलबहादुर भण्डारी, यज्ञकुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भए ।

महाधिवेशनको उदघाटन प्रमुख अथिति बरिष्ट संगीतकार शम्भुजीत बासकोटा,जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एवं संघका सल्लाहकार रामजी बगाले,लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर,प्रतिष्ठानका पूर्वअध्यक्षहरु बद्री पंगेनी, चन्द्र शर्मा, उपाध्यक्ष राधिका हमाल,राष्ट्रिय लोक दोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ,लोक सञ्चारकर्मी संघका अध्यक्ष चन्द्रमणि गौतम, इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक गायक कृष्ण कँडेललगायतले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार रामजी बगाले, राष्ट्रिय लोकदोहोरी व्यबसायी संघका अध्यक्ष बिनोद श्रेष्ठ, ग्रीनसिटिअस्पतालका अध्यक्ष एलबि टन्डन, साझासवाल मिडियाका सम्पादक अनिल अधिकारी,न्युजलाइन्स मिडियाका पत्रबार राजु भट्टसहित संघका विशेष सहयोगीलाई सम्मान गरिएको थियो । उद्घाटन समारोहमा नौमती बाजासहित अतिथिहरुलाई स्वागत गरिएको थियो । अधिबेशन देउडा नृत्य, झाँकी नाच, हुड्केलीलगायतका विभिन्न नृत्यले आकर्षक बनाएको थियो ।

सम्बन्धित समाचारसबै