दुई दिनमा ‘पुजार सार्की’ को ट्रेलरको ११ लाख भ्यु !

0 Shares

काठमाडौं ।
सार्वजनीक भएको तीन दिनमा ‘पुजार सार्की’ फिल्मको ट्रेलरले करिब ११ लाख बढी भ्यु पाएको छ । गत मंगलबार सार्वजनीक करिब चार मिनेट लामो ट्रेलरले दर्शकबाट तारिफका साथै उत्तिकै मात्रामा शुभकामना पनि पाइरहेको छ ।
पञ्चायतकालीन अबस्थामा जातीय बिभेदका बीच फरक जातका दुई जोडीबीच अंकुराएको प्रेम र तत्कालीन समाजको दृष्टिकोण अनि प्रेमीहरुले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको ट्रेलरमा फिल्मका सबै प्रमुख पात्र,आर्यन सिग्देल,प्रदिप खडका,पल शाह,अञ्जना बराईली,परिक्षा लिम्बू,प्रेम सुब्बा तथा लोकेन्द्र लेखकलाई प्रस्तुत गरिएको छ ।

नेपाली समाजमा बिद्यमान मौलिक कथालाई प्रस्तुत गरिएको छनक देखिएको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् भने संगीतकारका रुपमा चर्चित सुवास भुसाल यो फिल्मका निर्माता हुन् । १० जेठबाट वल्र्डवाइड रिलिज हुने तयारीमा रहेको फिल्म बिकास सुवेदीले लेखेका हुन् ।
किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्मको स्वदेश बितरण आरआर फिल्मसले गर्दै छ भने अन्तर्राष्ट्रिय बितरक एमएसएम इन्टरटेन्मेन्ट रहेको छ । राजेश श्रेष्ठले खिचेको फिल्मको सम्पादन भरत रेग्मीले गरेका हुन् भने सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीको द्वन्द्व निर्देशन छ ।
हेर्नुस ट्रेलर–

सम्बन्धित समाचारसबै