काठमाडौं ।
वुमेन्स एरा मिडिया ग्रुपले राजधानीमा चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-०८० मंगलबार सम्पन्न गरेको छ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशि सहित दीर्घ साधाना सम्मान प्रदान गरियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीत/संगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ प्रदान गरिएको छ ।
‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने नाराका साथ सम्पन्न समारोहमा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई नगद १० हजार राशीको ‘हिमालयन पत्रकारिता रजत सम्मान’ प्रदान गरिएको थियो । यो पुरस्कारको रकम शम्भुजित सेभेन नोट्सले प्रदान गरेको थियो । यसैगरी वरिष्ठ पत्रकार शान्तिप्रियलाई ‘हिमालयन पत्रकारिता विशेष सम्मान’, विनोद देवकोटालाई ‘हिमालयन पत्रकारिता सम्मान’ र किरणप्रसाद अधिकारीलाई मोफसल पत्रकारिता सम्मान अर्पण गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि मन्त्री उप्रेती,अभिनेत्री बसुन्धरा भुसाल, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, अवार्डका अध्यक्ष गणेश सुवेदी र संयोजक गीता अधिकारीले खादा, माला, सम्मानपत्रले सम्मान गरेका थिए ।
समारोहमा अपांग अधिकारकर्मी जगदीशप्रसाद अधिकारी, वरिष्ठ साहित्यकार हरि शर्मा, साहित्यकार रमेश दाहाल, युवा उद्यमी मिर्जा राशिद वेग, लोकदोहोरी गायिका शर्मिला तामाङ, सुनिता नेपाली, वरिष्ठ कस्मेटोलोजिस्ट मन्दिरा खड्का र व्यवसायी अभिषेख विक्रम शाहलाई उनीहरुले आफ्नो क्षेत्रमा दिएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।
म्युजिक कम्पोजर शाहस शाक्य, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक महेन्द्रराज वराल र संजिवसिंह रानालाई जुरी सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने शिव कैलाश कला मन्दिरका चेतकुमारी कार्की, रश्विता रिजाल, प्रतिज्ञा भण्डारी, कविन्द्र तामाङ र रोशन बुढाथोकीलाई कदर पत्र प्रदान गरिएको थियो । यस्तै सुमित रजक र छिरिङ भोटेलाई मायाको चिनो प्रदान गरिएको थियो । अवार्डका जुरी वरिष्ठ संगीतकार राजु सिंह, अफिसियल एमसी राजेश वर्देवा र प्रमुख अतिथि मन्त्री उप्रेतीलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो ।
स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले सुरु गरिएको अवार्ड आगामी दिनमा अझ भब्यताका साथ आयोजना गरिने जानकारी अवार्ड अध्यक्ष सुवेदीले दिए। भाषा, साहित्य कला संस्कृतिका सर्जकलाई सम्मान गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको अवार्ड संयोजक गीता अधिकारीले बताइन ।
भजनमा ज्ञानेन्द्र गदाल ‘कृष्ण कन्हैया’, राष्ट्रिय गीतमा गोपालप्रसाद थपलीया ‘देशको माटो’, आधुनिक गीतकार पुरुषमा प्रकाश सुवेदी ‘फूल राम्रो सूर्यमुखी’, आधुनिक गीतकार महिलामा प्रतिमा गुरुङ ‘आमा बाबा’, संगीतकार आधुनिकमा महेश्वर पन्त ‘ज्युदो देवता’ले अवार्ड प्राप्त गरे । संगीत संयोजन आधुनिकमा बलराम राजबंशी ‘माया हाम्रो’, आधुनिक गायकमा हेमन्त शिशिर ‘मेरो लागि तिमी’, आधुनिक गायिकामा समीक्षा अधिकारी ‘जीवनको रेल’, आधुनिक युगल गायनमा रमेश पाठक/रचना रिमाल ‘मयााकै पिर’, आधुनिक गीत निर्देशकमा सोनाम पार्खिन ‘अधुरो सपना-२’, आधुनिक गीत मोडल पुरुषमा राज टाइगर ‘धरहरामा बस्यो माया जाल’ र आधुनिक गीत मोडल महिलामा सरस्वती खत्री ‘तिमीलाई ज्यान दिन्छु’बाट अवार्ड चुम्न सफल हुनुभयो । त्यस्तै, ध्वनि मिश्रणमा कुमार केसी ‘यही कतै’, छायांकारमा गंगाराम राई ‘सल्लेरी वनमा’, सम्पादकमा दिन्शन शाह ‘कृष्णजीकी राधा’, गजलमा डा.कृष्णहरि बराल ‘अचानक’ले अवार्ड उचाल्नु भएको थियो ।
यसैगरी लोकपपमा सुरेन गौतम, ‘सल्लेरी पाखाहरू’, आधुनिक नवगायकमामा स्याडरोज ‘अदृश्य माया’, आधुनिक नव गीतकारमा गणेश घिमिरे ‘देवता भाकी’, नवमोडल महिलामा एलिना थपलिया ‘तक्दीर’, लोक तथा दोहोरी गायकमा चेतबहादुर बुढाथोकी ‘रेलको बाटो’, लोक तथा दोहोरी गायिकामा काव्य आचार्य ‘एैना काइँयो’ले अवार्ड प्राप्त गर्नुभयो ।
लोक तथा दोहोरी शब्दमा कृष्णभारद्वाज ‘डम्बरकुमारी’, लोक तथा दोहोरी लयमा मदन नेपाली (सुफिक्स) ‘लाग्छ माया लाग्दैन’, लोक तथा दोहोरी गीत निर्देशनमा जनक सिंह ‘गरिदेउ विदा’, लोक तथा दोहोरी मोडल पुरुषमा सागर लम्साल ‘पिरैले सुकाउछ ज्यान’, लोक तथा दोहोरी मोडल महिला एन जेड शालु ‘लुकी लुकी’, टेलिचलचित्रमा रश्मि पाण्डे माकुरी ‘सक्किगोनी’ र शृंगारमा विक्रम गौतमले ‘भगवान कसम’बाट अवार्ड उचाल्नु भएको थियो ।
समारोहमा कल्चर गीतमा छिरिङ लामा मोडललाई ‘ङन्जेन जोम्सेदु’, लोक तथा दोहोरी गीतमा सुमी पराजुली चुम्मा चपक्कै’, मोडल आधुनिकमा रोशन श्रेष्ठ ‘ओ लम्भी’, टेली चलचित्रमा सरिता राजोपाध्याय ‘बुहारी’बाट जुरी अवार्ड प्राप्त गर्नुभएको थियो भने सुवाशकुमार मण्डलले ‘हर स्वासमा’ इन्करेजमेन्ट अवार्ड र सुरज श्रेष्ठले लोकपप गीत ‘बेनी बजारमा’बाट पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो ।