‘जदौ’ को टिजरमा दुई पुस्ताको प्रेम र झगडा

0 Shares

असोज ९ गतेबाट हुदैछ देशब्यापी प्रदर्शन
काठमाडौं ।
अन्तरजातीय प्रेमकथानक फिल्म ‘जदौ’ को टिजर शनिबार सार्वजनीक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट च्यानलबाट दर्शकमाझ ल्याइएको करिब एक मिनेट लामो टिजरमा दुई पुस्ताको प्रेम,समर्पण र मतभेद छल्कीएको छ । टिजरमा अभिनेता प्रभात पाल ठकुरी,नीति शाह र नवअभिनेत्री राजश्री थापाबीच त्रिकोणात्मक प्रेमसम्बन्ध रहेको बुझिन्छ भने अभिनेता मुकन भुसाल र अभिनेत्री ऋचा शर्माबीच मनमुटावको दृश्य प्रस्तुत गरिएको छ ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको फिल्म ०९ असोजबाट देशब्यापी प्रदर्शनमा आउदैछ । फिल्मका अन्य कलाकारमा बिनोद न्यौपाने, खड्बहादुर पुन (खबपु),सन्ध्या श्रेष्ठ,सुन्दर धिताल,गीता अधिकारी,सिपी पुडासैनी (धतुरे) लगायत छन् ।

समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्ट र सिल्भर स्क्रिन मुभीज एण्ड इन्टरटेन्मेन्टको संयुक्त ब्यानर रहेको फिल्मको निर्मातामा सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल छन् । सहनिर्मातामा राजाराम सुवेदी,दीपक पोखरेल,नारायण शास्त्री र सुमीत्रा देवकोटा छन् । शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम् काजी लिम्बुले लेखेका हुन् ।

श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मको सम्पादन बनिश शाहले गरेका हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,प्रिति कौर,बाबुल गिरी र गोपाल लोहारको शब्द रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । एनजिसिएनले देशब्यापी बितरण गर्ने फिल्मका गीतमा राजनराज शिवाकोटी,रचना रिमाल,बाबुल गिरी र किरण गजमेरको स्वर छ ।
हेर्नुस् टिजर –

 

सम्बन्धित समाचारसबै