काठमाडौं ।
प्रेमकथानक फिल्म ‘माया बस्छ कि क्या हो !’ असोज २ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । राजु अधिकारी निर्देशीत फिल्मको बिहीबार दुई नयाँ पोस्टर सार्वजनीकसँगै प्रदर्शन मिति घोषणा गरिएको हो ।
दुवै पोस्टरमा नवनायक सोनाल तामाङ र नवनायिका कस्मता निरौलालाई मात्रै फिचर गरिएको छ । पोस्टरमा उनीहरु प्रेमील भावमा प्रस्तुत भएका छन ।

शरद अधिकारीको प्रस्तुति रहेको फिल्मको निर्माता बहादुर सिंह तामाङ हुन् । युरोपका बिभिन्न देशमा छायांकन गरिएको फिल्मको कथा आरती अधिकारी आचार्यले लेखेकी हुन् पटकथा र सम्वाद मौनता श्रेष्ठले तयार पारेका हुन् । रामप्रसाद चौधरीले सम्पादन गरेको फिल्मको सिनेमाटोग्राफी रबिन्द्र बरालले गरेका हुन् ।
फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत तथा कमल राई र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्ममा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलको अभिनय छ ।

प्रेम, सम्बन्ध र युवा पुस्ताको भावनालाई केन्द्रमा राखिएको फिल्म हरेक उमेरका दर्शकले मन पराउने बिश्वास प्रस्तुतकर्ता अधिकारीको छ । उनले यसअघि ‘ब्ल्याकमेल’ र ‘डेस्टिनेशन काठमाडौ’ लगायतका फिल्म निर्माण गरेका थिए । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको बितरण नेशनल सिने ग्रुपले गर्दैछ ।