१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचमा कोको परे ?

0 Shares

काठमाडौं ।
म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतसम्बन्धी बिभिन्न ३३ बिधामा अवार्डमा प्रदान गरिने अवार्डमा ०८१ बैशाखदेखि २०८२ असार मसान्तसम्म बजारमा आएका गीतसंगीत र सर्जक प्रतिस्पर्धामा छन् ।
अवार्डकी संयोजक सबिता पोखरेलले मनोनयनमा परेका मध्ये दर्शकस्रोताको मत (भोटिङ) ४० प्रतिशत र निर्णायकको ६० प्रतिशत मतका आधारमा प्रत्येक बिधाका उत्कृष्ट एकलाई अवार्ड प्रदान गरिने छ । aventoz.com/event-details/6a28ee62eba16  मा क्लिक गरेर मन परेको विधामा भोटिङ गर्न सकिने प्राबधान मिलाइएको छ ।

अवार्ड समारोहमा एक जना स्रष्टालाई दीर्घ साधना सम्मान, रजत सम्मान, दशक सम्मान, युवा प्रतिभा सम्मान, डायस्पोरा सम्मान, संगीत पत्रकारिता सम्मान र बालप्रतिभा सम्मानबाट पनि प्रदान गरिने छ ।
असार महिनाको कुनै दिन आयोजना गरिने अवार्डको उत्कृष्ट पाँचको मनोनयन निम्नानुसार छन :–

१.उत्कृष्ट राष्ट्रिय भावको गीत

गोर्खाली हौ – डोन कार्की
राजनीति भनेको त – पारसमणि बराल
प्यारो नेपाल – प्रेम गुरुङ
हाम्रो देश – सुरेन्द्र खड्का
वीरताको देश – जेनिशा गौतम

२.उत्कृष्ट पप गीतकार
कौशिला अधिकारी – मायामा घात
डिपी तिवारी – छुट्यो पिरिम
महेन्द्र जो जो – पहाडी बाटो
धनबीर थापा – बादलपारी
रमेश कोइराला – तिमीलाई सम्बोधन

३.उत्कृष्ट पप संगीतकार
विनय कार्की क्षेत्री – मायामा घात
सिएल शर्मा – नाइँनभन
अर्जुन पोखरेल – ओइ नक्कले
विपी वाग्ले – पिरतीको बाह्रखरी
हरि गिरी विमर्शी – महङ्गो महङ्गो ड्रेस

४.उत्कृष्ट पप गायक
छिरिङ भुटिया – पहाडी बाटो
दुर्गेश थापा – दुश्मन हेरेको हेरै
प्रताप दास – तिमीलाई सम्बोधन
रविन श्रेष्ठ – प्रिय जिन्दगी
विनय कार्की क्षेत्री – नयाँनयाँ

५.उत्कृष्ट पप गायिका
आश्रा कुँवर – इतिहास
दुर्गा खरेल – ओइ नक्कले
समिक्षा अधिकारी – आगो
बबिना किराँती – महङ्गो महङ्गो ड्रेस
एलिना चौहान – छुट्यो पिरिम

६.उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष लोकदोहोरी
विजय पुन – बोली हजुरको
पल शाह – करिमैले
पुष्प खड्का – सेतै दुध सेतै चौलानी
सुधिर श्रेष्ठ – तिम्रै माया लाउँछ नि
सुनिल न्यौपाने – युके लान्छु

७.उत्कृष्ट म्युजिक भिडियो मोडल महिला लोकदोहोरी
करिष्मा ढकाल – सेतै दुध सेतै चौलानी
जुना विश्वकर्मा – मेरो परान
नारायणी खत्री – करिमैले
रविना भण्डारी – हिमाली फूल
सुस्मिता गुरुङ – माया मोह

८. उत्कृष्ट निर्देशक लोकदोहोरी
कुमार केसी – सधैं मीठो बोली होस्
अशोक विश्वकर्मा – नमस्ते ढोगदियाँ
दिप गुरुङ – तिम्रै माया लाउँछ नि
जेरी भण्डारी – खोली सलल
सञ्जिव ठकुरी – लाम लाम माया लाम

९.उत्कृष्ट शब्द लोकदोहोरी
प्रसाद लामिछाने – सरर
सिताराम परियार – भागौला त्रिशुली तरेर
नविन राना – खोली सलल
रमेश परियार – नमस्ते ढोगदियाँ
बालकुमार श्रेष्ठ – रातो रिवनमा

१०.उत्कृष्ट भाका लोकदोहोरी
नविन परियार – जाम भो हिंड रेलैमा सलल
बालकुमार श्रेष्ठ – रातो रिवनमा
शितल गुरुङ – निरमसी
सागर विरही – बोली हजुरको
कृष्ण केसी – जवानीको उद्घाटन

११.उत्कृष्ट गायिका लोकदोहोरी
कविता खत्री – नमस्ते ढोग दियाँ
जुना श्रीष – धागो ऊनीको
दिपिका बयम्बु – सधैं मिठो बोली होस्
लक्ष्मी आचार्य – नौली हदेली
सिता श्रेष्ठ – रातो रिवनमा

१२. उत्कृष्ट गायक लोकदोहोरी
अर्जुन सापकोटा – दुःख साटम्ला
खेम सेन्चुरी – नमस्ते ढोगदियाँ
चिज गुरुङ – निरमसी
आर.के. गुरुङ – इन्द्रकमल
सचिन भट्टराई – युके लान्छु रेलिमै

१३.उत्कृष्ट लोकगीत
खोर्सानी डल्ले – भिषण मुकारुङ
निरुता खत्री – रामारोशन ताल
मेरो दिन आउला – दिपकराज विश्वकर्मा
मेरो जस्तो रगत छैन र – राजन भुजेल
सिता लामा – बनको चरी

१४.उत्कृष्ट कल्चरल गीत
चिजा तामाङ र चिज गुरुङ – लोभी आँखाले
सागर गुरुङ र बन्दना पाण्डे – दिल चोरी
शान्ति शाही, महेशकुमार औजी र दिपा रोकाया – घुम्टो ओढी
राजु परियार र मन्जु वि.क. – लमजुङ्गे ठाडो भाका
रेशम निर्दोष र सुशीला गौतम – गुल्मी चन्द्रकोट

१५.उत्कृष्ट नवप्रतिभा
आयुमी तामाङ – ओइ सोल्टिनी
उत्साह कान्त मैनाली – कालो कोठी
निर्मला देवी बस्न्यात – पछ्यौरी किन्दिउँला नयाँ नयाँ
मनोहर शर्मा – तिम्रो मनमा कुन छ
रेखा पोखरेल – देखाउनलाई होइन नि माया

१६.उत्कृष्ट चलचित्र गीतकार
आनन्द अधिकारी – हेर्दाहेर्दैमा (लाज शरणम्)
प्रभा बर्तौला – रात किन हुन्छ (एन्जिला)
मुक्त उदास – यो मनले  (१२गाउँ)
श्रवण मुकारुङ – राई माइलाले गाउँ (गाउँ आएको बाटो)
युवराज काफ्ले – फकाउँछ काफ्ले (ऊनको स्वीटर)

१७.उत्कृष्ट चलचित्र संगीतकार
कालीप्रसाद बास्कोटा – राई माइलाले गाउँ (गाउँ आएको बाटो)
कृष्ण भारद्वाज – हेर्दाहेर्दैमा (लाज शरणम्)
टंक बुढाथोकी – यो धनले (मन बिनाको धन)
थानेश्वर गौतम – रात किन हुन्छ (एन्जिला)
दिपक शर्मा – रिमै (रिमै)

१८.उत्कृष्ट पाश्र्व गायक
आँशु लामा – रिमै (रिमै)
थानेश्वर गौतम – रात किन हुन्छ (एन्जिला)
सविन सुवेदी – त्यो मिठो जोवन (माग्ने राजा)
सुजन चापागाई – मखमली (ऊनको स्वीटर)
सुरज पण्डित – च्यातिएको चोली (लाज शरणम्)

१९.पाश्र्व गायिका
झुमा लिम्बू – फकाउँछ काफ्ले (ऊनको स्वीटर)
रचना रिमाल – त्यो मिठो जोवन (माग्नेराजा)
रिता केसी – रिमै (रिमै)
सुनिता थेगिम – राई माइलाले गाउँ (गाउँ आएको बाटो)
समिक्षा अधिकारी – हेर्दै आँखामा (वसन्त)

२०.उत्कृष्ट संगीत संयोजक
आदेश गुर्मछान – स्वर्ग झैं सैलुङ्ग
खेमराज गौतम – सोल्टिनीज्यू
झलक संगीतम – नशा लागेको
नरेन्द्र वियोगी – रात किन हुन्छ हजुर
याम थापा मगर – नखाउ परान

२१.उत्कृष्ट ध्वनि सम्पादन
एचबिएन किस्मत – दुःख साटम्ला
खडग बाजुराली – तिम्रै माया लाउँछ नि
विनोद परियार – कुन साइनोले
नरेश पाण्डे – मनको मान्छे
नरेश बिबिसी – ओइ नक्कले

२२.उत्कृष्ट म्युजिक भिडियो छायाँकार
अजय रेग्मी – नमस्ते ढोगदियाँ
करण चैंसिर – जूनकिरी
बुद्ध थापा – मेरो जिन्दगीको
मदन कश्यप घिमिरे – अजम्बरी माया
विजय लामा – भागौंला त्रिशुली तरेर

२३.उत्कृष्ट म्युजिक भिडियो सम्पादन
दिनसन शाह – युके लान्छु
पदम सुवेदी – भागौला त्रिशुली तरेर
विनोद बम – माछि भुल्यो
सिलन लम्साल – ओइ नक्कले
सुजन कोइराला – आँसु उपहार

२४.उत्कृष्ट म्युजिक भिडियो मोडल महिला पप आधुनिक
अम्बिका तामाङ – स्वर्ग झैं सैलुङ्ग
एलिशा शर्मा – आगो लाइदिन्छु
झरना रिसाल – तिमी आँखा म नानी
मेनुका माझी – अजम्बरी माया
स्मारिका ढकाल – मेरो जिन्दगीको

२५.उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष पप आधुनिक
विकास लामिछाने – भोगाइ
दुर्गेश थापा – तिमी मेरो प्रिय मान्छे
मुकेश गुरुङ – तिमी बिना
सुशान्त कार्की – ओइ नक्कले
सुरेश कोल्ही – मेरो जिन्दगीको

२६.उत्कृष्ट म्युजिक भिडियो निर्देशक पप आधुनिक
कृष्णदेव रुपाखेती – दुखें धेरै दुख्न देउ
मौसम हिमाली – अन्टी लभर
राहुल शाह – आगो लाइदिन्छु
सुब्रतराज आचार्य – राहदानी
युवराज वाइबा – स्वर्गझैं सैलुङ्ग

२७. उत्कृष्ट युगल गायन पपआधुनिक
करनराज गिरी र कमला रेग्मी – हो नि हो
नित्य शिवा र राज निरौला – नाटक नपार
प्रतिमा केसी र सुरेश लामा – बन्धकी
प्रह्लाद तिमिल्सिना र सुमिना लो – स्वर्ग झैं सैलुङ्ग
युवराज चौलागाई र अनुष्का पाठक – शीरफूले माया

२८.उत्कृष्ट गीतकार आधुनिक
कल्याण श्रेष्ठ – यादहरु दुखिरहन्छ
कमल शर्मा आचार्य – भोगाई
विष्णु भण्डारी – हारजित
डम्बर याक्सो – मुस्कान छैन
केशव भट्टराई – धमिलियो आकाश आज

२९.उत्कृष्ट गीतकार महिला आधुनिक
अम्बिका गुरुङ – तिमी मेरो प्रिय मान्छे
चन्द्रज्योति आले – बधाई तिमीलाई
देवी पराजुली – प्यारी आमा
सिके प्रसाई रचना – यो कस्तो माया
सरला श्रेष्ठ दुखें – धेरै दुख्न देऊ

३०.उत्कृष्ट संगीतकार आधुनिक
अनिश श्रेष्ठ – अजम्बरी माया
बीबी अनुरागी – फूलको आफ्नै कथा छ
लक्ष्मण पोखरेल – दुखें धेरै दुख्न देउ
सरोज पोखरेल – तिमी मेरो प्रिय मान्छे
शंकर थापा स्माइल – मेरा सुरहरु

३१.उत्कृष्ट गायक आधुनिक
प्रविन बेडवाल – हृदयमा
महेन्द्रराज बराल – बनमारा
राज सिग्देल – मेरो जिन्दगीको
युवराज चौलागाई – बधाइ तिमीलाई
सुरेश लामा – माया बस्यो

३२.उत्कृष्ट गायिका आधुनिक
गीता पाण्डे – माछि भुल्यो
तृप्ति खड्का – मनको मान्छे
बानिका प्रधान – जुनले पनि
रचना रिमाल – प्यारी आमा
सारिका घिमिरे – गुनभुल्यौ

३३.उत्कृष्ट डायस्पोरा गीत
मनोज खड्का – तेजस्वी अप्सरा
पवन वली – इज्जत फालेको
नविन भट्टराई – गुल्मी पाउँदी मेरो गाउँ
निशा केसी – औंलामा जुनेली बुट्टा
निरुता पुन मगर – सुन माया

सम्बन्धित समाचारसबै