काठमाडौं ।
चलचित्र समीक्षा तथा पत्रकारिता सम्बन्धी तीन दिने प्रशिक्षण जेठ २५– २७ गतेसम्म आयोजना भयो ।
चलचित्र पत्रकारिता तथा चलचित्र समीक्षा सम्बन्धी तीन दिने प्रशिक्षण काठमाडौंमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा आइडिया ग्रोभले जेठ २५– २७ गतेसम्म आयोजना गरेको तालिममा बिभिन्न संचारमाध्यमका नयाँ पुराना गरी २५ जना संचारकर्मी सहभागी थिए ।

उनीहरुलाई चलचित्र समीक्षा कसरी गर्ने,चलचित्र पत्रकारिताको वर्तमान अवस्था, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षको मूल्यांकन, दर्शक दृष्टिकोण र जिम्मेवार सञ्चार अभ्यासलगायत विषयमा चिलचित्रकर्मी राजेश गोगजू,पत्रकार गोबिन्दप्रसाद अखण्ड भण्डारी र शन्तराम बिडारीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने स्मरण गराउदै स्वस्थ समीक्षा र तथ्यपरक पत्रकारिताले चलचित्र उद्योगलाई थप सशक्त बनाउन योगदान पुर्याउने धारणा राखे । उनले चलचित्रका सकारात्मक तथा आलोचनात्मक पक्षलाई सन्तुलित ढंगले प्रस्तुत गर्न पत्रकारहरूलाई आग्रह गरे ।