अमेरिकामै अस्ताए निर्देशक चापागाईं

0 Shares

काठमाडौं । 
‘एक नजर’,‘चट्टान’,‘इज्जतदार’,‘दिवानापन’ र ‘निखिल दाइ’ फिल्मका लेखक,निर्देशक कृष्ण चापागाईंको  हृदयाघातका कारण  ५२ वर्षको उमेरमा निधन भएको छ ।

फिल्म निर्देशक कृष्ण चापागाईंको निधन भएको छ । लामो समयदेखि सपरिवार अमेरिका बस्दै आएका ५२ वर्षीय चापागाईंलाई तीन दिनअघि हृदयाघात भएको थियो । बोस्टनस्थित क्याम्ब्रिज हेल्थ अलाइन्स इभरेट हस्पिटलको आइसियु कक्षमा उपचाररत उनको बुधबार बिहान निधन भएको अमेरिका निवासी कलाकर्मीहरुले उल्लेख गरेका छन् ।

‘एक नजर’,‘चट्टान’,‘इज्जतदार’,‘दिवानापन’ र ‘निखिल दाइ’ फिल्म लेखन,निर्माण र निर्देशन गरेका चापागाईंले केही बर्षअघि काठमाडौंको जोरपाटीमा चापागाईं फिल्म सुटिङ इन्डोर स्टुडियो संचालन गरेका थिए । उक्त स्टुडियाका कारण फिल्म सुटिङमा निकै सहयोग मिलेको थियो ।

अमेरिकाको केन्टकी निवासी निर्देशक सुमन दाहालका अनुसार निर्देशक चापागाईं केही समयपछि स्वदेश फर्किएर पुनः चलचित्र निर्माण,निर्देशनमा सक्रिय हुने चाहना राख्दथे । निकै मिलनसार र सहयोगी भावनाका चापागाईका पत्नी,दुई छोरी र एक छोरा छन् । उनको अमेरिकामै सनातन हिन्दु परम्परा अनुसार अन्त्यष्टि गरिने जानकारी निर्देशक दाहालले दिएका छन् ।

सम्बन्धित समाचारसबै