काठमाडौं ।
मिथिला मात्र नभई मिथिला भाषाको सामान्य ज्ञान भएका जोकोही नेपाली नारीले पनि प्रतिस्पर्धा गर्न सक्ने छन् ।
‘थर्ड आइ स्टुडियोजले मिस मिथिला नारी नेपाल–०२६ आयोजना गर्ने भएको छ । द ब्युटी अफ मिथिला नारा दिइएको प्रतियोगीताबारे मंगलबार राजधानीमा प्रेसमिट गरी जानकारी दिइयो । प्रतियोगीताले मिथिला संस्कृति, परम्परा, भाषा, पहिचान तथा महिला सशक्तीकरण प्रवर्द्धनमा जोड दिने दावी आयोजकको छ ।
प्रतियोगीता आयोजक संस्थाका प्रमुख हरिश जायसवालले मिस मिथिला नारी नेपाल ब्युटि पेजेन्ट मात्र नभइ मिथिला क्षेत्रका नारीहरुलाई सशक्तीकरणमा जोड दिने, मिथिला संस्कृतिको पहिचान गर्ने तथा नारीलाई आत्मनिर्भर बनाउन जोड दिने उत्सव भएको बताए । उनले यसअघि मिथिलाबारे यसप्रकारको कुनै प्रतियोगीता नभएको समेत दावी गरे ।

प्रतियोगीताको लागि इसेवामार्फत फर्म भर्न सकिने छ । पहिलो चरणको अडिसन जेठ १६ गते जनकपुर र त्यसपछि काठमाडौंमा हुने छ । आयोजकका अनुसार मिथिला मात्र नभई मिथिला भाषाको सामान्य ज्ञान भएका जोकोही नेपाली नारीले पनि प्रतिस्पर्धा गर्न सक्ने छन् । सहभागीता जनाउन सक्नेछन् ।