‘गौंथली’ को टिजरमा सिमरनको आँशु

0 Shares

काठमाडौ ।

२५ बर्षअघि बाबु डा. भोला रिजालले निर्माण गरेको नेपालकै पहिलो गीति चलचित्र ‘गौंथली’ ले केही हलमा प्रदर्शनको ५१ औं दिन मनाएको थियो । अहिले छोरा डा.कपीलले त्यही नाममा निर्माण गरेको पारिवारिक कथानक फिल्म साउन १ बाट प्रदर्शन हुदैछ ।

पारिवारिक कथानक फिल्म ‘गौंथली’ को टिजर बिहीबार सार्वजनीक गरिएको छ । डा.कपील रिजालको निर्देशनमा बनेको फिल्म १ साउनबाट प्रदर्शनमा आउदैछ । फिल्ममा अभिनेता अरुण क्षेत्री र सिमरन खड्का मुख्य भूमिकामा छन् । सार्वजनीक टिजरमा अरुण फरक क्षमता युक्त पतिको रुपमा देखिएका छन् भने पढ्ने चाहना हुदाहुदै पनि पारिवारिक करकापमा बिहे गर्न पुगेकी सिमरनले पति तथा सासुबाट भोग्नु परेको घरेलु हिंसा देखाइएको छ ।

निर्देशक डा. कपीलका बाबु बरिष्ट स्त्रीरोग बिशेषज्ञ डा. भोला रिजालले २०५७ सालमा नेपालकै पहिलो गीति फिल्म ‘गौंथली’ निर्माण गरेका थिए । त्यतिबेला ‘गौंथली’ ले केही सिनेमा घरमा प्रदर्शनको ५१ औं दिन पार समेत गरेको थियो ।

अहिलेको ‘गौंथली’ को कथा पनि डा. भोला रिजालकै हो । फिल्ममा अरुण र सिमरनका साथमा मदनकृष्ण श्रेष्ठ,प्रकाश घिमीरे,सीतादेवी तिमिल्सिना,लुनिभा तुलाधर,रबिन्द्र झा,लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारले अभिनय गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन् ।

डा.कपिल रिजाल र सुमन गिरी (भाञ्जा) निर्माता रहेको फिल्मको सहनिर्मातामा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली छन् । फिल्मको बितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ।डी कम्पनीले वितरण गर्नेछन् ।

हेर्नुस् टिजर –

 

 

सम्बन्धित समाचारसबै