‘लडाईं पहिचानको’ पछि ‘कन्य केटो’ बनाउदै लामा

0 Shares

काठमाडौं ।
स्रोतका अनुसार ‘कन्य केटो’ को लागि निर्देशक लामाले राजेश हमाललाई अफर गरेका छन् ।  

निर्देशक भीम लामाले नयाँ फिल्म ‘कन्य केटो’ निर्माण गर्ने भएका छन् । डेढ दशकअघि राजेश हमाल,रेजीना उप्रेतीलगायतका कलाकार लिएर ‘माटो’ फिल्म निर्माण गरेका लामाले त्यसपछि निर्देशनमा पाइला बढाए ।
‘गोल’,‘लीलामे माइला’ र गत बर्ष तेश्रो इन्डियन आइडल बिजेता स्व. प्रशान्त तामाङ,करिश्मा मानन्धर,धीरेन शाक्यलगायतका कलाकारलाई लिएर ‘पहिचान–लडार्इँको’ निर्देशन गरेका लामाले आफ्नै लेखन र निर्देशनमा ‘कन्य केटो’ निर्माण गर्न लागेका हुन् ।

चलचित्र बिकास बोर्डमा बुधबार दर्ता कार्य सकाएका लामाको यो फिल्मको सुटिङ नेपाल र भारतका बिभिन्न स्थानमा गरिने बताइएको छ ।

निर्देशक भीम लामा

सक्सेस फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा को–को कलाकार हुनेछन् भन्नेबारे चाहिँ बताइएको छैन । सुमन योञ्जन तामाङले खिच्ने फिल्मको केही समयमै छायांकन सुरु गरिने छ । स्रोतका अनुसार लामाले राजेश हमाललाई ‘कन्य केटो’ को लागि अफर गरेका छन् । हमालले के गर्छन्,केही दिनमै पक्कै थाह हुनेछ ।

सम्बन्धित समाचारसबै