म्यान अफ द वल्र्ड–०२६ मा भिड्न प्रकाश उडे फिलिपिन्स

0 Shares

काठमाडौ ।

म्यान अफ द वल्र्ड नेपाल–०२५ का बिजेता प्रकाश चौहान फिलिपिन्स उडेका छन् । उनी २८ जुन देखि ६ जुलाइसम्म फिलिपिन्समा आयोजना हुने म्यान अफ द वल्र्ड–०२६ मा नेपालको प्रतिनिधित्व गर्दै बुधबार फिलिपिन्स प्रस्थान गरेका हुन् ।
विश्वका ३५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने सो प्रतियोगीतामा प्रकाश नेपालबाट एक मात्र प्रतिनिधि हुन् । देशको प्रतिनिधित्व गरेर प्रतिस्पर्धामा पुगेका प्रकाशलाई शुभकामनाका साथ बिदाइ गर्न म्यान अफ दि वल्र्ड नेपालका नेशनल डाइरेक्टर रवि धमला, ‘मिस्टर नेपाल वल्र्ड २०२५’ हिमाञ्चलराज केसी, मिस्टर ग्लोबल नेपाल–०२५ गिरीशरत्न शाक्य, सन्तोष लोक्षुम,आयुष दुलाललगायतका व्यक्तित्वहरू त्रिभुवन अन्तराष्ट्रिय बिमान पुगेका थिए ।

प्रकाशले आफू प्रतियोगितामा सहभागी हुन मात्र नभई नेपालको कला, संस्कृति, पर्यटन तथा पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्य लिएर जान लागेको बताएका छन् । ‘यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, विभिन्न देशका प्रतिनिधिहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पनि हो । म नेपालको हिमाल, भगवान बुद्धको जन्मभूमि तथा नेपाली संस्कृतिबारे विश्वसामु परिचित गराउँदै नेपाल भ्रमणका लागि आमन्त्रण गर्नेछु,’ उनले भने ।

सम्बन्धित समाचारसबै