काठमाडौंपछि पोखरामा ‘छ माया छपक्कै २’

0 Shares

काठमाडौं ।
बडा दशैंमा रिलिज हुने ‘छ माया छपक्कै २’ फिल्मको हाल पोखरामा छायांकन भइरहेको छ । काठमाडौंबाट सुरु गरिएको सुटिङ केही दिनअघि पोखरा पुगेको हो । पोखरापछि नुवाकोटमा खिचिने निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् ।

दीपकराज गिरी,दीपाश्री निरौला,केकी अधिकारी,रजनी केसी,कर्मा,सनिशा भट्टराईलगायतका कालाकारको अभिनय रहेको फिल्मको बिषयबस्तु भने यसपालि पनि सस्पेन्स राखिएको छ ।

रोहित अधिकारी निर्माता रहेको फिल्मको पहिलो भाग ‘छ माया छपक्कै’ मा गाउँमा पानीको अभावले गर्दा परेको समस्याको बिषय उठान गरिएको थियो । यसपाली पनि समाजीक बिषय नै उठान गरिएको तर खास के कुरा हो, त्यो भने बताइएको छैन ।

सिक्वेलको कथा अघिल्लो फिल्म सकिएपछिबाट सुरु हुने जानकारी प्राप्त भएको छ । छायांकन समापन गर्न अझै एक महिना बढी लाग्ने बताइन्छ । फिल्म सुसन प्रजापतिले खिचिरहेका छन् ।

 

सम्बन्धित समाचारसबै